भेरी नदीमा तीन बालबालिका बेपत्ता

सुर्खेत, २८ फागुन ।
भेरी नदीमा तीन जना बालबालिका बेपत्ता भएका छन् । भेरीगंगा नगरपालिका–११ रामघाटस्थित रानिबगर घाट भेरी नदीमा नुहाउने क्रममा तीन जना बालबालिका बेपत्ता भएको इलाका प्रहरी कार्यालय छिन्चुले जानकारी दिएको छ ।
सुर्खेतको भेरी नदीमा नुहाउँने क्रममा तीन जना बालबालिका बेपत्ता भएका हुन् । शनिबार साँझ ५ बजेको समयमा उनीहरु नुहाउने क्रममा बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
स्थानीयका अनुसार बेपत्ता हुनेहरूमा भेरीगंगा नगरपालिका–११ का १० वर्षीय गंगा खड्का, ८ वर्षीय कृष्णा सिजालि र १० वर्षीय दिनेश बुढा रहेका छन । हाल प्रहरीका अनुसार बेपत्ता बालबालिकाको नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयले खोजीकार्य जारी राखेका छन् ।






