बुद्धिजिवि परिषद् सुर्खेत अध्यक्षमा लामिछाने

सुर्खेत, २८ फागुन ।
नेपाल बुद्धिजीवी परिषद् जिल्ला समिति सुर्खेतको छैटौं जिल्ला अधिवेशन शनिबार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । नेकपा एमाले निकट नेपाल बुद्धिजिवि परिषद् सुर्खेतको अध्यक्षमा थानेश्वर लामिछाने चयन हुनुभएको छ ।
परिषदको उपाध्यक्षमा मदनराज जोशी, सचिवमा वेदप्रकाश ढकाल, कोषाध्यक्षमा फूलमती खराल, सहसचिवमा यामप्रसाद गौतम चयन हुनुभएको छ ।
त्यसैगरी सदस्यहरुमा भीम रोकाय, ध्रुव अधिकारी, महेन्द्र बि सी, डिल्लीराम कँडेल, देवेन्द्र वाग्ले, सबिना खतिवडा, तेज सोनाम चयन हुनुभएको छ ।








