बनगाड कुपिण्डेमा प्रगतिशील शिक्षक संगठनको प्रथम अधिवेशन

दुर्गा विसी
सल्लीबजार, २८ फागुन ।
बनगाड कुपिण्डे नगरपालिकामा प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठनको प्रथम अधिवेशनले नवराज केसीको अध्यक्षमा २४ सदस्यीय कमिटी गरेको छ ।
नेकपा एकीकृत समाजवादी निकट शिक्षक संगठनहरुको प्रथम अधिवेशनलाई पार्टी प्रदेश कमिटी सदस्य तथा इन्चार्ज कार्यक्रमका गणेश विसिको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको थियो ।
भेलामा नगर सह–इन्चार्ज टोपवहादुर विष्ट, नगर अध्यक्ष रविराज शर्मा, शिक्षक संगठनका प्रदेश उपाध्यक्ष शिखर कुमार यरि, प्रगतिशील शिक्षक संगठनका सल्यान जिल्ला सचिव बिक्रम वोहरा, टेकन्द्र विसी, पुष्कर विसि, अतिराम नेपाली र डम्बर वोहरा, विजय नेपाली लगायतले शुभकामना मन्तव्य राखेको थिए ।
नेकपा (एस) का नगर इन्चार्ज विसिले पार्टीका सबै भातृ संगठनहरु बलियो बन्दै गएको जनाए । प्रथम नगर अधिवेशको शुभकामना मन्तव्य तथा धारणा राख्ने क्रममै प्रगतिशील शिक्षक संगठन नेकपा (एस) को भातृ संगठन भएको जनाए ।
भखर जन्मेको संगठनलाई चुनौती धेरै छन् । नेपाल राष्ट्रिय शिक्षक संगठनबाट अझै बिद्रोह गरेर धेरै साथीहरू यो संगठनमा आउने कुराको अठोट गरिएको छ ।
वैचारिक छलफल, निति, विधि र संस्कार, नातागोता, भाईचारा, कुचक्र, नेतृत्वको भजन मण्डली गाए मात्रै पद पाउने नत्र हेपिने, चेपिने जस्तै क्रियाकलापले गर्दा आज यो संगठनले जन्म लिएको हो ।
‘हामी माझ त्यो हुनुहुँदैन । शिक्षकगत, पेसा संगठनको हकहित र शिक्षाको गुणस्तरीयता बढाउने कुरामा पनि बढी जोडदिनुपर्ने बताएको छ’ बिसीले बताए ।
‘बनगाडका धेरै विद्यालयमा अझै शिक्षक पदपूर्ति हुन सकेन । कारण मोटो सेटिङ रकम नमिल्दा ती रिक्त दरबन्दीमा शिक्षक पदपूर्ति हुन सकेका छैनन् । यस्ता प्रवृद्धिको भण्डारफोर (पिएनटिए) ले गर्नुपर्छ ।
दुई वर्षदेखि शिक्षक पदपूर्ति हुन सकिरहेको छैन, नपढी विद्यार्थी परिक्षा दिन वाध्यछन् । कहाँ छ स्थानीय सरकार कहाँ छ शिक्षा सरोकारवाला शाखा ।’
यसरी बनगाड कुपिण्डेमा शिक्षा तर्फको पढाइको गुणस्तर धोस्त भएको वनाइको छ । यसको सर्वत्र विरोध जनाउनुपर्ने र यसको अगुवा संगठनले लिनुपर्ने विसिको भनाइ रहेको छ ।
अध्यक्षमा नवराज केसि, उपाध्यक्षमा वोधिराम रावत, रत्ना वुढाथोकि(पुन), सचिवमा गोविन्द विसि, सहसचिव लालबहादुर साहु, कोषाध्यक्ष हिरालाल साहु, सहकोषाध्यक्षमा वर्षा योगी चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा विद्यालय कर्मचारी भोला प्रसाद आचार्य सहित २४ सदस्यीय नगर कमिटी गठन भएको छ । जितवहादुर रावतको सभाध्यक्षतामा भएको कार्यक्रम सञ्चालन विद्यालय कर्मचारी परिषद जिल्ला कमिटी सदस्य प्रशान्त साहुले गरेका थिए ।







