जनप्रतिनिधिलाई मन्दिरमा लिएर भ्रष्टाचार नगर्ने कसम खुवाउँछौं : अध्यक्ष लिङ्देन

सुर्खेत, २८ फागुन ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले आउँदो स्थानीय तहको निर्वाचनबाट निर्वाचित आफ्नो दलका प्रतिनिधिले भ्रष्टाचार गर्ने कसम खाउने बताउनुभएको छ । ‘भ्रष्टाचारले देश आक्रान्त बनेको छ । हाम्रा प्रतिनिधिलाई हामी मन्दिरमा लिएर भ्रष्टाचार नगर्ने कसम खुवाउँछौं’ उहाँको भनाई थियो ।

एमसीसी कार्यान्वयनमा राप्रपाको कुनै पनि भूमिका नरहने बताउनुभएको छ । शनिबार सुर्खेत विमानस्थलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उहाँले एमसीसी ठिक की बेठिक भन्दा पनि प्रमुख राजनीतिक दलहरुले केटाकेटीपन देखाएर दीर्घकालिन असर गर्ने काम गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले संसदमा पनि भनेका थियौँ । अहिले एमसीसीको सम्बन्धमा जुन प्रकारको विभाजन जनताको तहसम्म पुगेको छ । यसको छिनोफानो र टुंगो लगाउनुपर्छ भनेर भनेका थियौँ । तर राजनीतिक दलहरुले लाज छोप्ने जस्तो १२ बुँदे व्याख्यात्मक घोषणा ल्याए । यसले समाधान होइन, देशलाई दीर्घकालिन रुपमा क्षति पुग्ने काम भएको छ ।

प्रमुख राजनीतिक दलहरुको केटाकेटीपनका कारण देश अन्तर्राष्ट्रिय शक्ति राष्ट्रहरुको राणनीतिक प्रतिष्पर्धा स्थलमा परिणत भएको छ ।’ उहाँले प्रमुख राजनीति दलहरुले वैदेशिक सम्बन्धलाई सत्ता आरोहणको सिंढी र सत्तामा भएकाहरुले सत्तामा रहिरहने लिस्सोको रुपमा प्रयोग गरेको आरोप लगाउनुभयो ।

यस्तै, उहाँले राप्रपाले आगामी निर्वाचनमा शक्ति प्रर्दशनको अवसरको रुपमा लिने बताउनुभयो । उहाँले कसरी भ्रष्टाचार शुन्य बनाउने र राप्रपाको उम्मेदवारहरु भ्रष्टाचार नगर्ने संकल्पका साथ निर्वाचनमा होमिने उल्लेख गर्नुभयो ।

राप्रपाले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास र कृषिलाई उच्च प्राथमिकता दिने उल्लेख गनुभयो । उहाँले भन्नुभयो, ‘राप्रपाले जितेका ठाउँमा राप्रपाले कस्तो देश बनाउने रहेछ भन्ने सन्देश दिने गरी काम गर्छौँ ।

स्वास्थ्य, शिक्षाबाट नागरिक बञ्चित हुनुपर्दैन । हाम्रा उम्मेदवारहरु चुनाव अघि सार्वजनिक मन्दिरमा गएर भ्रष्टाचार नगर्ने संकल्प गरेर चुनावी मैदानमा जान्छन् । जनतालाई निराश नबनाउने प्रतिवद्धतासहित आगामी चुनावलाई राप्रपाले शक्ति प्रर्दशन गर्ने अवसरका रुपमा लिन्छ ।’

उहाँले पूर्व अध्यक्ष कलम थापाले पार्टी छोड्दा दुःख लागे पनि क्षति भन्दा पनि अब पार्टीलाई बलियो बनाउने अवसरको रुपमा परिणत गरेर अघि बढेको उल्लेख गर्नुभयो ।

राष्ट्रिय महाधिवेशनपछि राप्रपा बलियो शक्तिको रुपमा विकास भइरहेको र राजनीतिलाई पेशा व्यवसाय बनाई यथास्थितिमा रमाउन चाहनेले पार्टी छोड्ने र राजनीति पेशा व्यवसाय होइन देश सेवाको सर्वोत्तम माध्यम मान्ने राम्रा व्यक्तिहरु राप्रपामा आउन थालेको दावी गर्नुभयो ।

जनप्रतिनिधिलाई मन्दिरमा लिएर भ्रष्टाचार नगर्ने कसम खुवाउँछौं : अध्यक्ष लिङ्देन

कांग्रेससँग ताकत छ भने एक्लै चुनाव आवस

जनप्रतिनिधिलाई मन्दिरमा लिएर भ्रष्टाचार नगर्ने कसम खुवाउँछौं : अध्यक्ष लिङ्देन

घुयँत्राे : मतपत्रभित्र रुखैरुख उम्रेर सूर्यलाई ढाक्ने

Leave a comment

Your email address will not be published. Required fields are marked *