कांग्रेससँग ताकत छ भने एक्लै चुनाव आवस ः युवा नेता भट्टराई

दुर्गा विसी
सल्लीबजार, २८ फागुन ।
नेकपा एमालेका युवा नेता योगेश भट्टराईलाई सल्लीवजारमा स्वागत गरिएको छ । नेकपा एमाले बनगाड कुपिण्डे नगरपालिका एमाले पार्टीद्वारा आयोजित भेटघाट तथा छलफल कार्यक्रम सल्लीबजारमा युवा नेता भट्टराईलाई स्वागत गरिएको छ ।

आफ्ना कार्यकर्ता माझ देशको समसामयिक विषयमा धारणा राख्दै भट्टराईले पार्टी कामको शिलशिलामा जाजरकोट, डोल्पा जाने क्रममै सल्लीका नेता कार्यकर्तासँग भेटघाट भएकोमा खुशी व्यक्त गरे । विधमान राजनीति परिघटना र स्थानीय चुनावका विषयमा भने फेरी पनि एमालेले देशमा चुनाव जित्ने दावी गरे ।

छोडेर गएका साथीहरु निकट छिट्टै फर्किने कुरामा उनको भनाइ रहेको थियोे । गठबन्धन भन्दा पनि नेपाली कांग्रेससँग ल्याकत छ भने एक्ला एक्लै चुनावी मैदानमा आवस धेरै नन्दिभिरिङि बोकेर होइन सिंगल सिंगल आवस भट्टराईको अह्वान रहेको छ ।

सिंगल सिंगल चुनाव आउने ताकत देशको राजनीति हालका कुनै शक्तिसँग छैन त्यो केवल एमालेसँग मात्रै छ । एमसीसीका विषयमा भने एमालेको न समर्थन छ न विरोध छ । एमसीसी कार्यान्वयन कसरी हुन्छ त्यसपछि मात्रै प्रतिक्रिया हुने जनाएको छ ।

सहि ढंगले भएमा सकारात्मक रुपमा लिइन्छ होइन भने एमाले खारेजको कित्तामा लाग्छ र त्यो ३० दिन भित्र खारेजी पनि हुन्छ । कार्यकर्तालाई चुनावी महोलमा लाग्न नेता भट्टराईको आव्हान छ ।

कांग्रेससँग ताकत छ भने एक्लै चुनाव आवस ः युवा नेता भट्टराई

विदेश भ्रमण भिसामा कडाई

Leave a comment

Your email address will not be published. Required fields are marked *