घुयँत्राे : मतपत्रभित्र रुखैरुख उम्रेर सूर्यलाई ढाक्ने भाे

अाेलिबा जतिनि नसकिने भाे गाँठे ” कइँ नभा जात्रा हाँडि गाउँमा” भन्याझैँ हुँदाहुँदा अब त अालिबा निर्बाचन अायाेगले हरियाे मसीमा मतपत्र छाप्न लायाे अब ती मतपत्रभित्र रुखैरुख उम्रेर सूर्यलाई ढाक्ने भाे नेकपा एमाले खतम हुने भाे भनेर काँग्रेस र निर्वाचन अायाेगकाे उछिताे काटन लाग्नु भाछ त !

हुत अाेलिबा जाँ भाषण गर्न पुग्याे त्यैँ नयाँ कुरा गरेर तहल्का मच्चाउन मन लाग्छ । त्यै भएर नि विराटनगरकाे रंगेलियाँ पुगेर मतपत्राँ हरियाे मसि प्रयाेग गर्न थालियाे भनेर त्यसकै निउमा काँग्रेस माथि खनियानि हुन सक्छ । हुननि नयाँ प्रसंग सँधै कति उठुनके । देशाँ केही गतिविधि भा पाे नयाँ नयाँ कुरा उठाउनु ।

नत अाफु सरकाराँ हुँदानै नयाँ भन्नलाएक त्यस्ताे केई कुराे भाछ । माधब र प्रचण्डलाई नि कति गाली गर्नु । बिचराहरु त्यसै त चुनाबाँ कसरी जाने हाेला र इज्जत बचाउने हाेला भनेर रातदिन चिन्ता गरिरा बेलाँ अँझ भएन भनेर अाेलिबाले अनेकन विशेषण लाएर गाली गर्दा मन कम्तात कुडिन्न हाे त ! मतपत्र छापेकाे रंगले चुनाब जितिने भएत पैला पैलाका जम्मै चुनाबाँ राताे रङ्गले मतपत्र छापिन्थे त्याे बेलाँ जम्मै एमालेले मात्रै जित्नु पर्ने हाे । तर त्यसाे भएनत खै ?

हुनत अाेलिबाले अाफ्नाे सरकार ढाल्ने माधब र प्रचण्डका रिसले अब कल्लाई के भनम र कससाे गरम भनेर हरियाे मसिकाे बिराेध गर्यानि हुन सक्छ । तर केई छैन अाेलिबा चिन्ता नगर्नाेस हरियाे मसिभित्र माधब र प्रचण्डको छायाँ लुक्याछैन । उसै त बिचराहरु काँग्रेससपतकाे गठबन्धन नटुटाेस अरु भाँडमा जाय भनेर लाग्याछन यस्ताे बेलाँनि अझ भएनभनेर तपाईं उनरकै खेदाे खन्न कस्सिनु भाछ । चुनाउहाे जनता मन तपाइँले राख्नु भा रैछभने मान्छे तपाईंतिर अाउँछन नभए अरुतिर जान्छन ।

अाँफु प्रधानमन्त्री हुनेबेलासम्म पेल्ने जब उनरु पेलाई सहन नसकेर भागे तब फेरि किन भागिस भनेर नि तिनकैमात्रै उछिताे काटने हाे भने एमालेले चुनाउ जित्याे भने के गर्ने भनेर जनतालाई कैले भन्ने । त्यसैले अब मतपत्रकाे रंगका पछि हैन कि देश र जनताकाे समृध्दि कसरी हुन्छ भन्ने कुरा पछि लागम् ! कि कसाे !

घुयँत्राे : मतपत्रभित्र रुखैरुख उम्रेर सूर्यलाई ढाक्ने भाे

निर्वाचनकाे पूर्वतयारी : केन्द्रीय नेताहरु जिल्ला दौडाहमा

Leave a comment

Your email address will not be published. Required fields are marked *