हुम्लाबाट समानुपातिकतर्फ प्रदेश सभामा तीन जना सिफारिस

हुम्ला,२५ मंसिर ।

कर्णाली प्रदेश सभा सदस्य पदमा समानुपातिकतर्फ हुम्ला जिल्लाबाट तीन जनाको नाम परेको छ। तीनै जना ठूला राजनीति दल नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का तर्फबाट तीन जनाको नाम सिफारिस भएको हो।

शनिबार निर्वाचन आयोगमा दलले कर्णाली प्रदेश सभा सदस्य समानुपातिकतर्फ दलले बुझाएको अन्तिम नामावलीमा नेपाली कांग्रेसबाट विजया बुढा परेका छन । उनि नेपाली कांग्रेस जिल्ला कार्य समितिको सचिव र महाधिवेशन प्रतिनिधि हुन ।

नेकपा (एमाले)बाट कलबहादुर हमालको नाम अन्तिम नामावलीमा परेको छ। उनि एमालेको जिल्ला कमिटीको अध्यक्ष हुन् । नेकपा (माओवादी केन्द्र)बाट जुम्कित लामा (जुनेली ) सूचीमा समेटिएका छन् । उनि  माओवादी कर्णाली प्रदेश कमिटीको सदस्य हुन् । उनिहरु तीन जनाले कर्णाली प्रदेश सभामा हुम्लाको प्रतिनिधित्व गर्नेछन्

यसअघि प्रत्यक्षतर्फ (क) मा रणसिंह परियार र (ख) क्षेत्रमा कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाही निर्वाचित भइसकेका छन्र । अघिल्लो कर्णाली प्रदेश सभामा हुम्लाबाट दुई जनाले प्रतिनिधित्व गरेका थिए ।

हुम्लाबाट समानुपातिकतर्फ प्रदेश सभामा तीन जना सिफारिस

जमिन भासिँदा गाउँले चिन्तित

हुम्लाबाट समानुपातिकतर्फ प्रदेश सभामा तीन जना सिफारिस

कालिकोटमा छाउविरुद्ध जागे किशोरी

Leave a comment

Your email address will not be published. Required fields are marked *