जमिन भासिँदा गाउँले चिन्तित

कालीकोट, २५ मंसिर  ।

गत कात्तिक २२ गते यता पटक पटक सुदूरपश्चिमलाई केन्द्रबिन्दु बनाएर आएको भूकम्पको असर कालीकोटमा परेको छ । एक महिनासम्म स–साना भूकम्पका धक्काको असर कालीकोटको पचालझरना –८ को मयगाउँमा देखिएको छ ।

वडा नं ८ मयटोलको दलित बस्तीका ४० घर भासिँदै गएपछि सबैले भूकम्पको असर भनेर चित्रण गरेका छन् । मयगाउँका कर्णवीर कामीले कात्तिक २२ गते भूकम्पको ठूलो धक्का आएदेखि जमिन भासिन सुरु गरेको बताउनुभयो । त्यो दिन हामी सबै घरबाहिर आयौँ । अस्तिको भूकम्पको असरले घरको पर्खालमा चिरा परेका छन् भने जमिनमा पनि चिरा परेको छ ।

पचालझरना गाउँपाकिला –६ का वडा अध्यक्ष प्रभुजन सञ्ज्यालले आफू कामविशेषले मयगाउँमा गएका बेला दलित बस्ती भासिएको देख्दा चिन्ता लागेको सुनाए  ।

आफूले तत्काल गाउँसभामा बोलाउन अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतलाई समेत अनुरोध गरेको र सो बस्तीका बारेमा गम्भीर नबने ठूलो क्षति ब्यहोर्नुपर्ने बताए  । पुर्व गाउँपालिकाका अध्यक्ष खड्कराज सेजुवालले सामाजिक सञ्जालमा जमिन भासिएको गाउँको तस्बिर सार्वजनिक गर्दै तत्काल बस्ती अन्यत्र सार्न आग्रह गरे  ।

मयगाउँका ४० घर उच्च जोखिममा छन् । स्थानीय रति कार्कीले नियमित जमिन भासिइरहेकाले स्थानीयमा त्रास फैलिएको बताए  । विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले गाउँपालिकाको विपद् व्यवस्थापन समितिको बैठक बसेर गाउँको अनुगमनसहितको प्रतिवेदन आफूकहाँ आएमा आफुले गृह मन्त्रालयको विपद व्यवस्थापन शाखालाई लेखी पठाउने बताए ।

बस्तीको तल कर्णाली करिडोर छ । करिडोर पनि बगिरहेको छ । सुख्खा पहिरो गएर दैनिक सडकमा अवरोध आइरहेको छ । मुनि कर्णाली नदी बगिरहेको छ ।

गाेरखापत्र 

जमिन भासिँदा गाउँले चिन्तित

एक वर्षमा तीन वटा तुइन विस्थापन

जमिन भासिँदा गाउँले चिन्तित

हुम्लाबाट समानुपातिकतर्फ प्रदेश सभामा तीन जना सिफारिस

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!