एक वर्षमा तीन वटा तुइन विस्थापन

हुम्ला,२५ मंसिर ।

कर्णाली नदीमाथि निर्माण गरिएका तीन वटा तुइन विस्थापन भएका छन् । तुइन भएका स्थानमा झोलुङ्गे पुल निर्माण भएपछि तुइनहरु विस्थापन मात्र भएका छैनन्, यात्रुहरू सुरक्षित रूपमा कर्णाली नदीमा वारपार गर्न थालेका हुन्र ।

खार्पुनाथ गाउँपालिका–४ को छिप्रा गाउँका बबरजङ्ग हमालले आफ्नै वडाभित्रका दुुई वटा तुइन विस्थापन भएको बताए  । उनको क्षेत्रमध्ये नल्न र गाउँपालिका केन्द्र जाने याङ्चुु बजारको तुइन विस्थापन भएका हुन् ।

यी दुवै स्थानमा झोलुङ्गे पुलहरू नयाँ निर्माण भएका छन् । उनले तुइन विस्थापन हुनु भनेकै कर्णाली नदी पार गर्दा सुरक्षित भएको महसुस हुने गरेको बताए । उनिहरूले छ वर्षसम्म लगातार तुइन तर्दै आएका थिए ।

त्यसैसरि सोही गाउँपालिका– १ र ३ को सिमानामा पर्ने बोक्चै गौडाका होटेल व्यवसायी अर्जुन सिंहले सो क्षेत्रमा पर्ने कर्णाली नदीमाथिको तुइन विस्थापन भएको बताए । उक्त स्थानमा पनि नयाँ झोलुङ्गे पुल निर्माण भएको छ ।

उनले बिहान बेलुका र रातीको समयमा पनि मानिसहरू तुइनबाट कणाली नदी पार गर्नु पर्दा डराउनुपर्ने बाध्यता अब हटेको बताए । उक्त गाउँपालिकामा कर्णाली नदीमाथि चार वटा तुइन थिए । तीमध्ये तीन वटै तुइन एकै वर्षमा विस्थापन भए पनि गाउँपालिका अझै तुइन मुक्त हुन सकेको छैन ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीले तीन वटा तुइन विस्थापन गर्न सफल भए पनि सिङ्गो गाउँपालिका भने तुइन मुक्त मुक्त हुन नसकेको बताए  । उनले अझै पनि गाउँपालिकाको –१ र २ को सिमाना लाली बगरमा तुइनबाटै स्थानीयलाई तर्नुपर्ने बाध्यता रहेको बताए ।

याङ्चुु बगरको तुइन लिएर त्यतै जडान गरिएको छ । उनले सो स्थानमा पनि पुल निर्माणका लागि पहल भई रहेको बताउँदै तीन वटा तुइन विस्थापन गर्न सफल भए पनि एउटा बाँकी रहेको कारण पैदल यात्रुलाई सुरक्षित रूपमा कर्णाली नदी वारपार बाँकी रहेको बताए । खार्पुनाथको लक्ष्य भने तुइनमुक्त गाउँपालिका घोषणा गर्ने छ ।

गाेरखापत्र 

एक वर्षमा तीन वटा तुइन विस्थापन

YUGAAWHAN NATIONAL DAILY (2079-08-24)

एक वर्षमा तीन वटा तुइन विस्थापन

जमिन भासिँदा गाउँले चिन्तित

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!