पुलबाट मोटरसाइकलसहित खसेका युवकको मृत्यु

दाङ, २५ मंसिर ।

पुलबाट मोटरसाइकल खोलामा खस्दा एक जनाको मृत्यु भएको छ। जिल्लाको घोराही उपमहानगरपालिका वडा नं. २ स्थित बालिमखोलाको पुलबाट मोटरसाइकल सँगै खसेका यादव चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी प्रबक्ता डिएसपी राजन गौतमका अनुसार अन्दाजी ३२ वर्षीय चौधरी गएराति मोटरसाइकलसहित पुलदेखि खसेका हुनसक्छन्। बिहान मात्रै स्थानीयले मोटरसाइकलसहित खोलामा खसेको ब्यक्तिलाई देखेपछि प्रहरीलाई खबर गरेका थिए। डिएसपी चौधरीका अनुसार मृतक घोराही – ३ बर्गदवाका स्थानीय रहेको भन्ने खुलेको छ।

घोराही–२ मुलाबारीबाट हाँसीपुर जाने सडख खण्डमा चौधरी दुर्घटनामा परेका थिए। घटनाबारे थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ। शब पोष्ट मार्टमको लागि अस्पतालतर्फ ल्याउने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ।

सेताेपाटी 

पुलबाट मोटरसाइकलसहित खसेका युवकको मृत्यु

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६ डिग्रीमा झर्यो

पुलबाट मोटरसाइकलसहित खसेका युवकको मृत्यु

दयाराम परियार स्मृति मानव अधिकार पुरस्कार गौरी

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!