काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६ डिग्रीमा झर्यो

काठमाडौं, २५ मंसिर ।

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६ डिग्रीमा झरेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस देखिएको हो। यो हालसम्म यो वर्षकै सबैभन्दा कम हो।

हिजो शनिबार भने उपत्यकाको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस थियो। यो सँगै काठमाडौं उपत्यकासहित देशभरको मौसम चिसिदै गएको छ। मौसमविदका अनुसार तापक्रम क्रमशः घट्दो क्रममा छ। अब चिसो क्रमशः बढ्दै जान्छ। पछिल्लो केही दिन यता न्यूनतम् तापक्रम क्रमशः घटिरहेको छ।

हाल पश्चिम तराई, मध्य तराई र पूर्वी तराईका केही क्षेत्रमा हुस्सु लागेको छ। तर, मध्यान्हपछि क्रमिक रूपमा सुधार हुँदै जाने महाशाखाले जनाएको । मौसम दुई तरिकाले चिसो हुन्छ। एउटा अधिकतम तापक्रम घटेर र अर्को न्यूनतम तापक्रम घटेर। डम्म बादल लाग्यो भने बादलले ब्ल्यांकेटको काम गर्छ र अधिकतम तापक्रम घट्छ।

बादल लागेन भने न्यूनतम तापक्रम घट्छ र चिसो हुन्छ। अहिले चिसो भएको न्यूनतम तापक्रम घटेर हो। यस्तै यतिबेला रात लामो हुने भएको र सूर्यको प्रकाश पनि कडा नहुने भएकाले चिसो बढ्छ।

तराईमा तीन÷चार दिनदेखि बिहान हुस्सु र कुहिरो लाग्ने गरेको हो। हुस्सु र कुहिरो लागेको बेलामा दुर्घटनाको जोखिम हुने भएकाले गाडी चलाउँदा ख्याल गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ । कुहिरो तथा हुस्सु लागेका बेला ती क्षेत्रमा सामान्य गतिमा र बत्तीको प्रयोग गरी गाडी चलाउन ट्राफिक प्रहरीको आग्रह छ।

आज प्रदेश एक, गण्डकी र कर्णालीका केही पहाडी क्षेत्रमा मौसम आंशिक बदली हुने अनुमान छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश एक, गण्डकी र कर्णालीका पहाडी केही क्षेत्रबाहेक अरु ठाउँको मौसम समान्यतया सफा नै छ । महाशाखाले चिसोबाट जोगिन आवश्यक तयारी र सावधानी अपनाउन पनि अनुरोध गरेको छ।

सेताेपाटी 

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६ डिग्रीमा झर्यो

वलीले पाए अपांग परिचयपत्र

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६ डिग्रीमा झर्यो

पुलबाट मोटरसाइकलसहित खसेका युवकको मृत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!