वलीले पाए अपांग परिचयपत्र

जाजरकोट , २५ मंसिर ।
जाजरकोटका एक जना अपांगता भएका व्यक्तिले निवेदन दिएको आठ महिनापछि अपांगपरिचयपत्र पाएका छन्। उनले क वर्गको परिचयपत्र पाएसँगै अब मासिक चार हजार रुपैयाँ भत्ता पाउने भएका छन् ।
उपमेयर सीता जैसीको अध्यक्षतामा हालै बसेको समितिको बैठकले उनलाई अपांग परिचयपत्र दिने निर्णय गरेको हो। परिचयपत्र पाएपछि उनी र उनको परिवार खुसी भएका छन्। उनी ओछ्यानबाट उठ्न नसक्ने भएपछि आफन्तमार्फत परिचयपत्र प्रदान गरिएको भेरी नगरपालिका महिला तथा ज्येष्ठ नागरिक शाखाकी शारदा शर्माले बताइन्।
वलीले अपांग भत्ता पाउनका लागि सबै प्रक्रिया पु¥याएर गत वैशाखमा निवेदन दिएका थिए। सुरुमा उनको स्वास्थ्य अवस्था राम्रै भए पनि अहिले मानसिक समस्याले ग्रस्त उनका दुवै हातखुट्टा चल्दैनन्। ओछ्यानमै दिसापिसाब गर्छन्। उनलाई स्याहार्न निकै कठिन छ।
अन्नपुर्ण





