सल्यानमा निर्वाचनका लागि एक हजार ६३२ कर्मचारी खटिने

सल्यान,२५ कात्तिक ।
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सल्यानमा एक हजार ६३२ कर्मचारी खटिने भएका छन् । निर्वाचनका लागि मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, कार्यालय सहयोगी र स्वयंसेवकलगायतका कर्मचारी खटिने जिल्ला निर्वाचन कार्यालय सल्यानका निर्वाचन अधिकारी निमराज भट्टराईले जानकारी बताए ।

उनका अनुसार २०५ मतदान अधिकृत, सहायक मतदान अधिकृत २०५, एक हजार १७ सहायक कर्मचारी, सहयोगी २०५ गरि एक हजार ६०३२ कर्मचारी खटिने छन् । यहाँ जिल्लाभर २०२ मतदान केन्द र ११७ वटा मतदानस्थल कायम गरिएको छ । मतदान स्थल र एक मतदान केन्द्रमा एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, पाँच सहायक कर्मचारी र एक जना कार्यालय सहयोगी कर्मचारी रहनेछन् ।

सल्यानमा एक प्रतिनिधिसभा र दुई प्रदेशसभा सदस्यका लागि जिल्लाका १० वटै स्थानीय तह गरी एक लाख ५७ हजार ७०१ मतदाता छन् । महिला ७७ हजार ४८९, पुरुष ८० हजार २१२ जना छन् । यस्तै, मुख्य निर्वाचनको कार्यालय सल्यानमा निर्वाचनको आवश्यक तयारी तीव्र बनाएको जनाएको छ । मतदान केन्द्रसम्म पठाउने सामानको तयारी, मतपत्रलगायतमा आवश्यक सामग्री विन्यास आदिको काम भइरहेको छ ।

मतदानमा खटिने कर्मचारीहरुलाई आज (शुक्रबार)देखि अभिमुखीकरण तालिम सञ्चालन गरिएको छ । तीन दिनसम्म सबै मतदानमा खटिने कर्मचारीलाई अभिमुखीकरण गरिने मुख्य निर्वाचन अधिकृत गिरिराज गौतमले जानकारी दिए । उनका अनुसार मतदानमा खटिने कर्मचारीको कार्यक्षेत्रसमेत निर्धारण गरिनेछ ।

गोरखापत्र

सल्यानमा निर्वाचनका लागि एक हजार ६३२ कर्मचारी खटिने

हिल्सामा स्थापित होटेल तीन वर्ष देखि बन्द

सल्यानमा निर्वाचनका लागि एक हजार ६३२ कर्मचारी खटिने

जुम्लामा स्कुल बसको ठक्करबाट बालकको मृत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *