जुम्लामा स्कुल बसको ठक्करबाट बालकको मृत्यु

जुम्ला,२५ कात्तिक ।
जुम्लामा बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । चन्दननाथ नगरपालिका वडा नम्बर ९ उमगाड नजिकै स्कुल बसले पैदल हिँडिरहेको बालकलाई ठक्कर दिएको थियो । ऐरेनीबाट सदरमुकाम खलंगातर्फ आउँदै गरेको भे १ क ३८२ नम्बरको कनिका निशा बोर्डिङ स्कुलको बसले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डीएसपी नरेन्द्र चन्दले बताए । मृत्यु हुनेमा अन्दाजी ११ वर्षका राजेश गिरी रहेको उनले बताए ।

अपरान्ह ५ बजेर ३५ मिनेटमा दुर्घटना भएकोमा ५ बजेर ५४ मिनेटमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा बालकको मृत्यु भएको हो । बस र चालक प्रहरीको नियन्त्रणमा छ। मृतक बालकको आफन्तले उचित क्षतिपूर्ति र चालकलाई हदै सम्मको कारबाही गर्न माग गर्दै सडक बन्द गरेका छन् । हिजो बेलुकीदेखि सडकमा यातायात ठप्प छन् । यात्रु अलपत्र छन् ।

कान्तिपुर

जुम्लामा स्कुल बसको ठक्करबाट बालकको मृत्यु

सल्यानमा निर्वाचनका लागि एक हजार ६३२ कर्मचारी

जुम्लामा स्कुल बसको ठक्करबाट बालकको मृत्यु

चार पटक म्याद थप्दा पनि बनेन पुल

Leave a comment

Your email address will not be published. Required fields are marked *