हिल्सामा स्थापित होटेल तीन वर्ष देखि बन्द

हुम्ला,२५ कात्तिक ।

नेपाल र चीनको सीमा क्षेत्र हिल्सामा स्थापित होटेल तीन वर्ष देखि बन्द हुँदा व्यवसायीहरू मर्कामा परेका छन् । यहाँ रहेका दुई दर्जन होटेलहरू तीन वर्षदेखि बन्द छन् । कोरोनापछि चीनले हिल्सा नाका बन्द गर्दा मानसरोवर कैलाशको दर्शन गर्ने पर्यटकहरू र हुम्लावासी ताक्ला कोट जान नपाउने भएको हुँदा होटेल बन्द हुँदै आएका हुन ।

हिल्लाका होटेल व्यवसायी कार्मा तुण्डुप लामाले तीन वर्ष लगातार होटेलहरू बन्द गर्नु परि रहेको बताए । २०७२ सालको भूकम्पपछि हिल्सा नाका हुँदै मानसरोवर कैलाशको दर्शन पर्यटकहरूबाट हुन थालेपछि हिल्सामा पर्यटकीय होटेल निर्माण भएका थिए । उनले होटेल निर्माण गरेको तीन वर्षसम्म राम्रै सञ्चालन भएको भए पनि २०७६ सालपछि होटेल पूर्ण रूपमा बन्द रहेको बताए ।

उनले दुई करोड भन्दा बढी लगानी गरेर निर्माण गरिएको होटेललाई तीन वर्ष लगातार बन्द भएपछि घाटा लागेको बताए । नाका सुचारु भएको बेला हिल्लाका होटेलहरूले चार करोड भन्दा बढी कमाई गर्ने गर्थे । त्यस्तै हिल्साकै अर्का होटेल व्यवसायी पेमा लामाले होटेल निर्माण गरेर सञ्चालन गर्ने समयबाटै बन्द गर्नु पर्दा डेढ करोड लगानी डुबेको बताए ।

उनले तीन वर्ष होटेलमा ताला लगाएर राखिएको बताउँदै कोरोनाको कारण आफू जस्तै बीस जना होटेल व्यवसायी मर्कामा परेको बताए । केही होटेल व्यवसायी बैङ्क कर्जा समेत लिनु भएको छ । उनले भूकम्पपछि हिल्सा नाकाबाट मानसरोवर कैलाशको दर्शन २९ हजार पर्यटकहरू आएपछि आम्दानी हुने देखिदा होटेल निर्माण गरिएको भए पनि कोरोनाको कारण हिल्सा नाका चीनले बन्द गर्दा लगानी डुबेको बताए ।

यस्तो समस्या हिल्लाका सबै होटेल व्यवसायीलाई रहेको छ । हाल हिल्लाका २१ वटा होटेलका लागि छ जना चौकीदार राखिएको छ । नाका सुचारु गर्ने प्रयास नगरिँदा हिल्लाका होटेल कहिलेसम्म बन्द गर्नु पर्ने हो त्यो भने अनिश्चित भएको छ ।

गोरखापत्र

हिल्सामा स्थापित होटेल तीन वर्ष देखि बन्द

मध्यपश्चिम विश्वविद्यालयमा हरेक महिनाको दुई दिन अनिवार्य

हिल्सामा स्थापित होटेल तीन वर्ष देखि बन्द

सल्यानमा निर्वाचनका लागि एक हजार ६३२ कर्मचारी

Leave a comment

Your email address will not be published. Required fields are marked *