गठबन्धनका साझा उम्मेदवार घरदैलो गर्दै

बसन्त शर्मा
कात्तिक,२५ सल्यान ।
गठबन्धनका साझा उम्मेदवार घरदैलो गर्दै, प्रचण्डका स्वकीय सचिव रमेश मल्ल सहितको टिम भोट माग्दै छन् । गठबन्धनका साझा उम्मेदवारहरु सल्यानका विभिन्न पालिकाहरुमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै मतदाताको घरदैलोमा भेटघाट तथा निर्वाचन चुनाव चिन्ह सिकाउदै आफ्ना भिजनलाई स्पष्ट पार्दै जनगुनासो सुन्दै महत्वपूर्ण मागहरूको टिपोट गर्दै घर दैलोको अभियान तिव्र पारिरहेका छ्न ।

कुमाखका बिभिन्न वडाहरुमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डका स्वकीय सचिव रमेश मल्लले सल्यान जिल्लाको विकास र समृद्धिको लागि गठबन्धनका साझा उम्मेदवारहरुलाई विजयी बनाउन सबैमा आग्रह गरे ।

गठबन्धनका प्रतिनिधिसभाका उम्मेदवार प्रकाश ज्वालालाई कलम चिन्हमा सँगै प्रदेशसभा क का उम्मेदवार भिमप्रकाश शर्मालाई गोलाकार भित्रको हसिया हतौडा र प्रदेशसभा ख का उम्मेदवार सुरेश अधिकारीलाई रुख चिन्हमा मतदान गरेर अत्याधिक बहुमतले बिजय गराने कुरामा आफू आशावादी भएको बताए ।
केन्द्रिय र प्रदेशमा राम्रो पहुँच पुगेका र राम्रो छवि बनाएका जिल्लाको आन्दोलनमा लामो समय देखि नेतृत्व गरेका शिर्ष नेता साथै उम्मेदवारहरु भएकाले जिल्लाको विकास र समृद्धिका लागि पनि तीनै जना उम्मेवारहरुलाई निर्वाचित गर्नुपर्ने र अहिलेको आवश्यकता भएको मल्लले बताए ।

कर्णाली प्रदेशमा प्रतिगामीहरु सलबलाउदा प्रतिगामीहरुको विरुद्ध गठन बन्धनलाई जिताउन ठूलो त्याग तपस्या र योगदानको उच्च मुल्यांकन गरेर आफुलाई प्रतिनिधि सभाको उम्मेदवार दिएको ज्वालाले बताए ।
त्यस्तै कर्णाली प्रदेश सभा क का उम्मेदवार भिमप्रकाश शर्माले सम्पुर्ण मतदाताहरुको घर दैलोमा पुग्दा सबै जना सकारात्मक भएका आफ्ना मागहरु जोडदार राखेका छन् ।
उनिहरुको नारा “कुमाखबासिको माग हामीले जिताउछौ एक साथ “भोट पनि दिन्छौ तर हामिलाई सिचाइ र सडकको राम्रो व्यवस्था गरिदिनु प¥यो भनेका छन् । उनले मलाई जिताउनुहोस म यस्तो गर्छु उस्तो गर्छु केही भन्दिन तर तपाईंको माग पूरा गर्न मैले जित्ने बाचा गर्छु भनेर बताए ।






