सुर्खेतको विकासका लागि थानीका १६ चुनावी संकल्पहरु सार्वजनिक

सुर्खेत,२५ कात्तिक ।

कांग्रेस नेता तथा सुर्खेत क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार हृदयराम थानीले आफ्ना चुनावी संकल्पहरु सार्वजनिक गरेका छन् । लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका थानीले आफ्नो क्षेत्रको विकासका लागि विभिन्न १६ बुँदे संकल्पहरु सार्वजनिक गरेका हुन् ।

उनले आफु निर्वाचित भईसके पछि कोहलपुर सुर्खेत सडक स्तरोन्नति गर्ने पहिलो योजना बनाएका छन् । उनले वीरेन्द्रनगर चक्रपथको निर्माण गर्ने, वीरेन्द्रनगरको फोहोर व्यवस्थापन गर्ने, कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरलाई केन्द्र बनाई धार्मिक तथा पर्यटकीय सर्किट सञ्जाल बनाउने, १३२ केभीए विद्युत लाइन प्रशारण, फलाँटे तेलपानी भुरीगाउँ सडक निर्माण गर्ने संकल्प व्यक्त गरेका छन् ।

यस्तै सुर्खेत विमानस्थल समस्याको उपयुक्त निकास खोज्ने, पश्चिमका सबै पालिकामा विद्युतीकरण, कर्णाली प्रदेशका जिल्लामा हुने हवाई उडान सुर्खेत विमानस्थलबाटै गर्न व्यवस्था गर्ने, सुर्खेत उपत्यकाको डुवान समस्या समाधान गर्न ढल व्यवस्थापनसहितको परियोजना सञ्चालन गर्ने, बडिडचौर गुटुबेनीघाट सडकको स्तरोन्नति गर्ने पुर्णताका साथ संकल्प पत्रमा उल्लेख गरेका छन् ।

यस्तै प्रविधिको तीव्र विकाससँगै प्रयोगमा आइरहेको सञ्चार प्रविधिलाई समयानुकूल बनाउन संरचनाको विस्तार गर्ने, कर्णाली चिसापानी घाटगाउँ गुटु जङ्गलाघाट सडक निर्माण गर्ने, चौकुने गुटु र लखरपाटा सिमेन्ट उद्योग स्थापना गरिने संकल्प पत्रमा समावेश गरेका छन् ।

सुर्खेतको विकासका लागि थानीका १६ चुनावी संकल्पहरु सार्वजनिक

गठबन्धनका साझा उम्मेदवार घरदैलो गर्दै

सुर्खेतको विकासका लागि थानीका १६ चुनावी संकल्पहरु सार्वजनिक

मध्यपश्चिम विश्वविद्यालयमा हरेक महिनाको दुई दिन अनिवार्य

Leave a comment

Your email address will not be published. Required fields are marked *