हिमपातले लिमीको उवा बालीमा क्षति

हुम्ला,२५ असोज ।

हिउँले लिमीको जग्गामा पाकेको उवा बालीमा क्षति पु¥याएको छ । नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीको तील गाउँका स्थानीय टुन्जोक तामाङले जग्गामा पाकेर काटेर राखिएको बालीमा हिमपातले क्षति गरेको जानकारी दिए । मेशिनबाट दाना निकाल्नका लागि थुप्रो बनाएर राखेको बालीमा हिमपातले क्षति गरेको हो।

काटेर मिलमा चुट्नका लागि तयारी गर्दागर्दै हिमपातले क्षति गरेको उनको भनाइ छ । बालीलाई पालले छापेको भए पनि हिउँले भिजाएर काम नलाग्ने भएको हो। किसानले बालीलाई मिलमा नचुटुनजेलसम्म जग्गाको एक छेउमा थुप्रो बनाएर राख्ने गर्छन्। २५ घर धुरीको दुई सय रोपनीमा लगाएको सबै उवा बालीमा हिउँले क्षति गरेको लिमीका वडा अध्यक्ष पाल्जोर तामाङले जानकारी दिए ।

उनले लगातार हिमपात भएको कारण थुपारेर राखिएको उवा बालीका किसानले सुरक्षा दिन नसकेको बताए । बालीमा हिमपातले क्षति पु¥याएपछि स्थानीयलाई खाद्यान्न समस्या हुने देखिएको छ । लिमीका अन्य दुई गाउँ हल्जी र जाङका किसानको बालीमा पनि हिमपातले क्षति गरेको छ । उवाबाली लिमीमा वर्षमा एक पटक मात्र पाक्ने बाली हो ।

गोरखापत्र

हिमपातले लिमीको उवा बालीमा क्षति

पहिरो पिडितहरुको पुनःस्थापना र क्षति ग्रस्त भौतिक

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!