इजाजत प्राप्त हातहतियार बुझाउन स्थानीयलाई प्रशासनको अनुरोध

जाजरकोट,२५ असोज ।

जिल्ला प्रशासन कार्यालय जाजरकोटले इजाजत प्राप्त हातहतियार बुझाउन स्थानीयलाई अनुरोध गरेको छ । प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपानेले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गर्न इजाजत प्राप्त हातहतियार प्रहरीमा बुझाउन स्थानीयसँग अनुरोध गरेका हुन ।

गृह मन्त्रालयको निर्देशन अनुसार प्रशासनले जिल्लाभित्र रहेका सम्पूर्ण इजाजत प्राप्त हतियार आगामी कात्तिक ५ गतेभित्र नजिकको प्रहरी इकाईमा बुझाउन भनेको छ । साथै निर्वाचन सम्पन्न भएको एक हप्तापछि लगत कट्टा गरी फिर्ता गरिने समेत उनले बताए  ।

गोरखापत्र

इजाजत प्राप्त हातहतियार बुझाउन स्थानीयलाई प्रशासनको अनुरोध

बालबालिकामा इन्टरनेटको नकारात्मक असर बढ्दो

इजाजत प्राप्त हातहतियार बुझाउन स्थानीयलाई प्रशासनको अनुरोध

हिमपातले लिमीको उवा बालीमा क्षति

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!