कालीकोट खण्डको ५० ठाउँमा पहिरो

कालीकोट,२५ असोज ।

गत बुधबारबाट लगातार परेको पानीले सुर्खेत–जुम्ला सडकखण्ड पर्णरुपमा बन्द भएको छ । कर्णाली लोकमार्गको सयौँ ठाउँमा झरेको पहिरोले सडक पूर्णरुपमा बन्द भएको हो । लोकमार्गको कालीकोट खण्डमा मात्र ५० ठाउँमा पहिरो र बाढीले सडक कटान गरेको छ । कालीकोट खण्डको सेरीघाट पुलको दायाँतिर पचास मिटर सडक तिला नदीले बगाएकाले वैकल्पिक सडकको प्रयोग समेत बन्द भएको छ ।

तिला नदीको किनारमा रहेको सडक नदीले कटान गरेर बगाएपछि पैदल आउजाउ समेत बन्द भएको छ । अन्य ठाउँमा झुलङ्गे पुल समेत नभएकाले जिल्लाको शुभकाली गाउँपालिका वडा नं १, २ र ३, खाँडाचक्र नगरपालिकाको वडा नं २ का नागरिकको जिल्ला सदरमुकामसँगको सम्पर्क टुटेको छ ।

नेपाली सेनाले ब्लास्ट गरेर मात्र सडक बनाउन सकिने भएकाले त्यो प्रक्रिया पूरा नहुँदासम्म आउजाउ गर्नका लागि जितेको शिवमन्दिरको झोलुङ्गे पुलबाट ४ घण्टाको उकालो पैदल बाटो हिँडेर मात्र सदरमुकाम पुग्न सकिन्छ । जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी शुभराज बमकाअनुसार सबैभन्दा खतरा सेरीघाटको सडक र त्यसपछि सुनारखोला, राँचुलीको पहिरो, जुबिथाको पहिरो रहेको बताए ।

जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले सबैतिरबाट जनशक्ति परिचालन गरेर सबैभन्दा पहिला सडक खुलाउने निर्णय गरेको छ । तर सेरीघाट सडक खण्डमा माथिबाट चट्टान फुटाएर मात्र सडक निस्किने भएकाले नेपाली सेनाको हेडक्वाटरबाट अनुमति लिनुपर्ने छ । प्रमुख जिल्ला अधिकारी रामहरी शर्माले गृहमा आफूले पत्राचार गरेको र नेपाली सेनाले पनि आफ्नो क्षेत्रबाट खबर गरेकाले छिट्टै सडक बन्ने विश्वास व्यक्त गरे ।

सडक अवरोध हुँदा दैनिक उपभोग्य वस्तुको अभाव हुन थालेको छ भने दशैँ बिदामा जिल्ला बाहिर गएका र जिल्ला, शिक्षा सेवा आयोगको अन्तर्वार्तामा सहभागी हुने उम्मेदवारलाई समस्या परेको छ ।

गोरखापत्र

कालीकोट खण्डको ५० ठाउँमा पहिरो

हराउँदै लोकसंस्कृति

कालीकोट खण्डको ५० ठाउँमा पहिरो

सुनसान सिंहदरवार, दसैं मनाएर मन्त्री र कर्मचारी

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!