सुनसान सिंहदरवार, दसैं मनाएर मन्त्री र कर्मचारी अझै फर्किएनन्

काठमाडौं,२५ असोज ।

दसैं मनाउन मन्त्री, नेता र कर्मचारी जिल्ला जाँदा सिंहदरबार सुनसान बनेको छ । दसैं सकिएर सरकारी कार्यालय खुल्न थालिसक्दा पनि सिंहदरबारमा चहलपहल देखिदैन । नेता र मन्त्रीहरू निर्वाचन प्रयोजनार्थ आफ्नो जिल्ला जाने क्रम बढेसँगै सिंहदरवार सुनसान बनेको छ । मन्त्रीहरू निर्वाचनका लागि गाउँ जाँदा मन्त्रीलाई भेट्न जाने कर्मचारी, राजनीतिक दलका नेता कार्यकर्ता र सर्वसाधारणको भीड कम छ ।

मन्त्री तथा नेताहरू आफ्नो निर्वाचन जिल्ला तथा क्षेत्रमा गएकोले पनि सिंहदरबारमा मन्त्री तथा कर्मचारीहरु त्यत्ति देखिन सकेका छैनन्। यसले सिंहदरवार सुनसान हुन पुगेको हो। मंगलबार पनि सिंहदरबारमा मानिसहरुको आवतजावत निकै कम देखिएको छ। आईतबार कोजाग्रत पूर्णिमादेखि दसैं औपचारिक रूपमा सकिएर सरकारी कामकाज शुरू भइसक्दा समेत दसैं बिदामा गएका कर्मचारी फर्किसकेका छैनन् ।

हाल मन्त्रालयमा सिमित कर्मचारीलाई मात्रै देख्न तथा भेट्न सकिन्छ। पछिल्लो केही दिन यता देशभर वर्षा हुँदा भएको जनधनको क्षतिका कारण पनि नेता तथा मन्त्रीहरू विभिन्न जिल्लामा पुगिरहेका छन्। वर्षाका कारण सडकहरु भत्किँदा राजधानी फर्किनेहरु सहजै, समयमै राजधानी काठमाडौं फर्किन सकिरहेका छैनन्। यसले पनि सिंहदरवार जानेहरुको संख्या घटाएको छ ।

दैनिक हजारौंको संख्यामा मानिसहरु सिंहदरवार प्रवेश गर्ने भए पनि अहिले फाट्टफुट्ट मात्रै मानिसहरु र सवारी साधनहरु देख्न सकिन्छ ।

मंगलबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, खानेपानी मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, गृह मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालय लगायतका मन्त्रालयको अवस्था हेर्दा कर्मचारी तथा सेवाग्राहीहरुको संख्या न्युन मात्रामा देखियो ।

सेतोपाटी

सुनसान सिंहदरवार, दसैं मनाएर मन्त्री र कर्मचारी अझै फर्किएनन्

कालीकोट खण्डको ५० ठाउँमा पहिरो

सुनसान सिंहदरवार, दसैं मनाएर मन्त्री र कर्मचारी अझै फर्किएनन्

बालबालिकामा इन्टरनेटको नकारात्मक असर बढ्दो

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!