हराउँदै लोकसंस्कृति

जाजरको,२५ असोज ।

जाजरकोट भेरीमालिका नगरपालिका–२ रिसाङका ८० वर्षीय ओकाध्वज कार्की लोकसंस्कृति हराउँदै गएकोमा चिन्तित छन्। दसैलगायतका चाडवाडमा हुने साँस्कृतिक उत्सव हुन छाडेका छन् भने दसैंको बेला गाउँ–गाउँमा हालिने रोटेपिङ र लिंगेपिङ पनि देखिन छाडेको उनको भनाइ छ ।

उनी पुर्खाले चलाएको संस्कृति लोप हुन थालेकोमा निकै चिन्तित भएका हुन्। आफ्नो पालामा तरुनी (केटी) ले पिङको डोरी बनाउन जंगलमा गएर बाबियो (खर) काटेर ल्याउने र तन्नेरी (केटा) हरूले बाँसको लिंगा काटेर पिङ बनाउने चलन रहेको स्मरण गरे। ‘अहिलेका केटाकेटीमा पहिलेको जस्तो जाँगर र संस्कृतिप्रतिको मोह देखिँदैन । पहिले पिङ नहालेको गाउँ सायदै हुन्थ्यो।

अहिले पिङ हालेको गाउँ सायदै भेटिन्छ,’ उनले भने, ‘दसैंका बेला नाचिने सिंगारु , सरिंगे, मारुनी, सोरठी, खाँडोलगायतका नाच नाचिन छोडेका छन्। त्यसको ठाउँमा डिजेले ठाउँ लिएको छ।’ त्यस्तै, ‘पिङको सट्टा युवायुवती मोबाइल, इन्टरनेट र टिभीमा रमाउन थालेका बताउँछन्, भेरीमालिका–२ पोखराका ७७ वर्षीय धनबहादुर खड्काले बताए ।

उनले भने, ‘प्रविधिको विकास र पश्चिमा संस्कृतिको प्रभावले पुर्खाले चलाएको लोकसंस्कृति लोप हुने अवस्था पुगेका छन्।’ लोकसंस्कृतिको संरक्षण र संवद्र्धनमा यो पुस्ताले ध्यान दिएन भने अर्को पुस्ताले देख्न नपाउने उनले बताए। केही वर्षअघि आफैंले बनाएको लिंगेपिङमा खुबै रमाएको सम्झँदै उनले भने, ‘अहिले कतै पिङ हालेको देखिँदैन।

साथीहरू मिलेर पिङ बनाउने डोरीको लागि बाबियो लिन जंगल जान्थ्यौं। माथि कमेरो र तल रातो माटोले घर लिपेर झकिझकाउ पारिन्थ्यो। अहिले माटोको ठाउँमा चुन र पेन्टले लिएको छ ।’ त्यस्तै, भेरी नगरपालिका–४ का केदारबहादुर शाह भन्छन्, ‘अहिलेको पुस्तामा लोकसंस्कृतिको मोह हराएको आभास हुन थालेको छ। चाडवाडमा स्थानीय बाजागाजा बजाउने, दोहरी गाउने, नाचगान गर्ने चलन विस्तारै लोप हुन थालेको छ।’ उनले पुर्खाको सम्पत्ति भनेकै संस्कृति रहेकोले यसको जगेर्नामा युवाहरू जुट्नुपर्ने बताए ।

संस्कृति जोगाउँदै नेपाली सेना

जिल्लाभर कतै पनि पिङ नभएको अवस्थामा नेपाली सेना को जाजरकोटस्थित चन्दननाथ गणले लिंगेपिङ बनाएर संस्कृति जोगाउने प्रयास गरेको छ। ब्यारेकभित्र बनाइएकोले सर्वसाधरणको पहुँच भने पुग्न सकेको छैन । तर, सेनाका जवानदेखि अधिकृत क्याडेडहरूका लागि भने पिङ चाडवाडका बेला मन भुलाउने साधन बनेको छ।

उनीहरू दसैंैमा घर जान नपाउँदाको पीडा पिङले बिर्साइदिएको अनुभूति गरिरहेका छन्। ‘राष्ट्रसेवक भएपछि के गर्नु जहाँ बस्यो त्यहीं रमाइलो मानेर दसैंै  तिहार मान्नुको विकल्प छैन,’ एक सैनिक जवा नले भने। दसंै र तिहारमा पनि सेना घर जान नपाउने भएकोले उनीहरूलाई भुलाउन, मनोरञ्जन र संस्कृति जोगाउन भन्दै पिङ हालिएको गणपति प्रमुख सेनानी सविनप्रताप केसीले बताए।

सदरमुकाम सुनसान, गाउँघरमा रौनक

दसैं नजिकिँदै गर्दा जाजरकोट सदरमुकाम सुनसान बन्न थालेको छ। गाँउघरमा भने विस्तारै दसैंको रौनक बढ्न थालेको छ। सदरमुकाममा कार्यरत शिक्षक, कर्मचारी, विद्यार्थी, व्यापारी सबै दसैं मान्न आ–आफ्नो घरतिर लागेपछि सदरमुकाम सुनसान बनेको हो। होटल, पसल, विद्यालय र कार्यालयहरू बन्द भएपछि सुनसान बढेको स्थानीय तेजविक्रम शाहले बताए ।

अध्ययन र रोजगारीको सिलसिलामा जिल्ला वा देशबाहिर गएकाहरू पनि घरफर्किएका छन्। यसले गाउँघरमा निकै खुसीयाली छाएको छ। दसैंका अवसरमा धेरै परिवार तथा आफन्तको भेटघाट र पुनर्मिलन भएकोले सबैमा खुसीयाली छाएको छ। कमाइका लागि भारत गएका भेरीमालिका–२ का विष्णु वि.क. ५ वर्षपछि घर फर्कंदा उनको घरपरिवार र छिमेकमा समेत निकै खुसियाली छाएको छ।

घर फर्कंदै गरेका वि.क.ले भने म एकदमै खुसी छु । दसैंमा घर फर्कन पाउँदा धेरै वर्षपछि यसपटक सबै आफन्तसँग टिकाटालो, भेटघाट गर्ने र मिठोमसिनो खाने उनको धोको छ ।

अन्नपुर्ण

हराउँदै लोकसंस्कृति

सडकमा बर्सेनि ५० करोड खर्च, काम भने

हराउँदै लोकसंस्कृति

कालीकोट खण्डको ५० ठाउँमा पहिरो

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!