सुर्खेत क्षेत्र नम्बर १ ः तिन पदको लागि २६ जनाको मनोनयन दर्ता

दिलिप ढकाल
सुर्खेत,२५ असोज ।
आशन्न मङ्सिर ४ हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनाबको लागि मनोनयन दर्ता भए सँगै चुनाबी सरगर्मी सुरु भएको छ । जसको लागि निर्बाचन अधिकृतको कार्यालयमा बिभिन्न दल हरुले मनोनयन दर्ता गरेका छन्। यसै बीच सुर्खेत क्षेत्र नबर एक बाट प्रतिनिधि सभा १ जना र प्रदेश सभा २ जनाको लागि २६ जनाले निर्बाचन अधिकृतको कार्यालय मेहेलकुनामा आफ्नो उमेद्वारी दर्ता गराएका छन्।
सुर्खेत क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाको लागी नेकपा एमाले बाट धुर्वकुमार शाही,नेपाली काँग्रेस बाट पूर्ण बहादुर खड्का,रास्ट्रीय प्रजातन्त्र पार्टी बाट छत्रपति थापा, राष्ट्रिय स्वतन्त्र पार्टी बाट मोहमद हसरत अली , नेपाल मजदुर किसान पार्टी बाट प्रेमबहादुर थापा, जनता समाजबादी पार्टी नेपाल बाट कर्णबहादुर थापा, मंगोल नेशनल पार्टी बाट शेर बहादुर घर्तीमगर,राष्ट्रिय स्वतन्त्र पार्टी नेपाल बाट जीवन चन्द र स्वतन्त्र बाट मानसिंह ठकुरीले उमेद्वारी दर्ता गराएका छन् ।

यस्तै प्रदेश सभा क अन्तर्गत नेपाली काँग्रेस बाट खड्क बहादुर पोखरेल, नेकपा एमाले बाट ठम्मर विष्ट, रास्ट्रीय प्रजातन्त्र पार्टी बाट दलबहादुर सिंह, नेपाल मजदुर किसान पार्टी बाट पुष्पराज राना, जनता समाजबादी पार्टी नेपाल बाट गंगे कामी,रास्ट्रीय प्रजातन्त्र पार्टी नेपाल बाट लालबहादुर गुरुङ र स्वतन्त्र बाट युवराज शर्मा ले मनोनयन दर्ता गराएका छन् भने
प्रदेश सभा ख अन्तर्गत नेकपा एमाले बाट डन्डिप्रसाद शर्मा , नेकपा माओवादी केन्द्र बाट कृष्ण बहादुर जिसी, नेपाल मजदुर किसान पार्टी बाट मनकली रामजाली, जनता समाजबादी पार्टी नेपाल बाट कृपाराम बस्नेत, रास्ट्रीय प्रजातन्त्र पार्टी बाट मानबहादुर खराल, जनमोर्चा पार्टी बाट मोहन थापा , रास्ट्रीय प्रजातन्त्र पार्टी नेपाल बाट दलबहादुर खत्री, र स्वतन्त्र बाट दिपेन्द्रनाथ योगी, देवबहादुर चन्द तथा खड्कबहादुर खत्रीले मनोनयन दर्ता गराएको निर्बाचन अधिकृत उपेन्द्र केशर खनालले जानकारी दिए ।






