मुग्लिन–नारायणगढ सडक, पहिरो र साँघुरा पुलले सास्ती

चितवन,२५ असोज ।

राजधानी काठमाडौँलगायत गण्डकी प्रदेशका अधिकांश क्षेत्रलाई तराईसँग जोड्ने ‘लाइफलाइन’का रूपमा रहेको नारायणगढ–मुग्लिन सडकखण्डमा रहेका जीर्ण र साँघुरा पुलका कारण यस क्षेत्रमा यात्रा गर्ने यात्रुले सास्ती खेप्नुपरेको छ । पहिरोको उच्च जोखिमसँगै साँघुरा र जीर्ण पुलका कारण यस क्षेत्रमा सवारी आवागमन कठिन भएको र यात्रुले सास्ती भोग्नुपरेको हो ।

दुईतर्फी सवारी सञ्चालनसमेतका लागि अयोग्य रहेका यस्ता पुलमा एकै पटक दुवैतर्फबाट सवारीसाधन प्रवेश गरेपछि घण्टौँसम्म सडक अवरुद्ध हुने गरेको छ। दशैँसँगै सक्रिय रहेको मनसुनी वर्षा र दशैँमा घर गएकाहरू राजधानी फर्कने क्रमसँगै सवारी चाप बढेपछि पहिरो र साँघुरा पुलमा सवारीसाधन सञ्चालन असहज बनेको छ ।

सडक डिभिजन भरतपुरका इन्जिनियर सागर कार्कीका अनुसार यस वर्ष नारायणगढ–मुग्लिन सडकखण्डको केराबारी, मौरी पुल र १८ किलो क्षेत्रमा अन्य क्षेत्रमा भन्दा बढी समस्या देखियो । सडक डिभिजनले यी तीन क्षेत्रलाई पहिरोको उच्च जोखिम क्षेत्रका रूपमा लिँदै र सोहीअनुसारको व्यवस्थापन गर्दै आएको छ ।

दुई वर्षमा पुनर्निर्माणको काम पूरा गर्ने गरी २०७२ वैशाखदेखि निर्माण सुरु भएको उक्त सडकखण्ड पटक–पटक गरी पाँच पटक म्याद थप गर्दै दुई वर्षअगाडि मात्र झन्डै तीन अर्ब रुपियाँ लगानीमा निर्माण सम्पन्न भएको थियो। झन्डै पौने अर्ब रुपियाँ खर्च गरेर पहिरो नियन्त्रणसम्बन्धी काम गरेको थियो। यस सडकखण्ड निर्माण सम्पन्न भुइँ सतह सडक राम्रो भए पनि थुप्रै स्थानमा पहिरोको जोखिम क्षेत्र रहेका छन्। सडक डिभिजन भरतपुरका अनुसार उक्त सडकखण्डको १७ स्थानमा पहिरोको जोखिम छ। तीमध्ये तीन ठाउँ उच्च जोखिम क्षेत्रका रूपमा छन्। ती स्थानमा जुनसुकै बेला पहिरो आउनसक्ने जोखिम छ।

नारायणगढ–मुग्लिन सडक आयोजना प्रमुुख किरण कार्कीका अनुसार एकातर्फ पहिरोको जोखिम छ भने अर्कोतर्फ जीर्ण पुलहरू समस्याका रूपमा रहेका छन्। सडक निर्माण सम्पन्न भए पनि यस सडकखण्डमा पर्ने १९ वटा पुलमध्ये अझै पनि आधाभन्दा बढी पुल पुरानै संरचनाका साँघुरा छन्। सडक निर्माणसँगै चारवटा पुल निर्माण सम्पन्न भई सञ्चालनमा रहेका र पछिल्लो पटक १५ वटा पुलको निर्माण कार्य जारी छ।

१५ मध्ये आठवटा सम्पन्न हुने चरणमा छन्। तीमध्ये पाँचवटा एप्रोच सडक र रिटनिङ वाल निर्माण गरी तीन महिनामा सञ्चालन गर्न सकिने अवस्थामा छन्। उहाँले बजेटको अभाव र व्यक्तिको जमिन परेका कारण क्षतिपूर्ति दिने बजेट नभएकाले समस्या रहेको बताउनुभयो। बजेट अभाव व्यक्तिको जमिनकै कारण खहरे पुलको काम निर्माण सुरु गर्न नसकिएको उनको भनाइ छ।

गोरखापत्र

मुग्लिन–नारायणगढ सडक, पहिरो र साँघुरा पुलले सास्ती

रोजगारीका लागि विदेशिने दोब्बर

मुग्लिन–नारायणगढ सडक, पहिरो र साँघुरा पुलले सास्ती

सुर्खेत क्षेत्र नम्बर १ ः तिन पदको

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!