‘आफ्नै ठाउँको सेवा गर्न शिक्षक भएँ’

पूर्ण बोगटी/प्रधानाध्यापक, सरस्वती माध्यमिक विद्यालय चेपाङ, सुर्खेत

पूर्ण बोगटी शिक्षण पेशामा लागेको २३ बर्ष भयो । उनी शिक्षण पेशामा लाग्नुको कारण समाजप्रतिमा माया हो । सानैदेखि शिक्षक बन्ने र समाजसेवा गर्ने उनको उद्देश्य थियो । यही उद्देश्य पुरा गर्न २०५५ सालदेखि शिक्षण पेशामा लागे । सुरुवा तीन बर्ष थोरै सुविधा धेरै सेवा गरे। जीवनभर शिक्षक बनेर सेवा गर्ने उद्देश्यका कारण धेरै सुविधा खोजेनन् ।

कहिले सट्टा शिक्षक त कहिले निजी स्रोतबाट सेवा गरिरहे । २०६५ सालदेखि भने राहत कोटामा छन् । प्रस्तुत छ, सरस्वती माध्यमिक विद्यालय चेपाङको नेतृत्व गर्दै आएका उनै पूर्ण बोगटीको जीवन भोगाइ र शिक्षण पेशाको अनुभवमा केन्द्रीत रहेर गरिएको कुराकानीको सम्पादित अंश :-

रमाइलो बाल्यकाल
बुवा नैयाराम र आमा मायादेवी बोगटीका कान्छा छोरा हुन् पूर्ण । २०३५ साल पुस ८ गते बराहताल गाउँपालिका वडा–५ चेपाङमा उनको जन्म भएको हो । मध्यमबर्गिय परिवारमा हुर्किएका उनको बाल्यकाल सुखद् थियो । ‘कान्छो छोरा भएर होला सबैले माया गर्थे, घरव्यवहारमा दुःख थिएन’ उनी भन्छन्, ‘साथीसँग हाँसखेल गर्दै बाल्यकाल वित्यो ।’

परिवार आर्थिक रुपमा अब्बल नभए पनि कुनै अप्ठेरो थिएन । कान्छो छोरा भएकै कारण मेलापात गर्नुपर्ने बाध्यता थिएन । ‘घरको काम आमाबुवा र दाजुले गर्नुहुन्थ्यो, मैले केही गर्नु पर्थेन’ उनी भन्छन्, ‘कहिलेकाँही मन लागेको बेला गोठाला जान्थेँ, नत्र साथीभाईसँले खेल्थेँ ।’ चेपाङ भेरी नदी किनारमा छ । गर्मी समयमा उनी दिनभर साथीभाइसँग पौडी खेल्दै रमाउँथे ।

पढाइमा मेहनती
पूर्ण पढाइमा अब्बल व्यक्ति होइनन् । तर उनी कहिल्यै फेल पनि भएनन् । शिक्षकको नजरमा उनी मेहनती र इमान्दार विद्यार्थीमा पर्थे । पढाइमा लगाव त थियो, तर अब्बल बन्न सकेनन् । अब्बल ननभए पनि असफल नहुँनु नै उनले ठूलो सफलता मान्छन् ।

उनले चेपाङ्कै नेपाल राष्ट्रिय प्राथमिक विद्यालय जगतपुरमा खकरा सिकेका हुन् । सोही विद्यालयबाट कक्षा १ देखि ५ सम्मको पढाइ पुरा गरे । त्यसपछिको पढाइलाई सूर्यप्रकाश माध्यमिक विद्यालय पलैटेबाट अगाडि बढाए । पैलेटेमा उनले कक्षा ६ देखि १० सम्म अध्ययन गरे ।

२०५२ सालमा एसलसी पास गरेका उनले तत्कालीन सुर्खेत क्याम्पस शिक्षाबाट उच्च शिक्षा हाँसिल गरे । आएडदेखि स्नातकोत्तरसम्म्को पढाइ शिक्षा क्याम्पसबाट नै पुरा गरे । पढाइका अलवा उनी भलिबल खेलमा विशेष रुचि राख्थे ।

विद्यालयस्तरिय भलिबल प्रतियोगिताहरु छुटाउँथेनन् । २०५४ र ०५५ सालमा गाउँविकास समितिले आयोजना गरेको प्रतियोगितामा उनको टोली प्रथम भएको थियो ।

खुशी र पीडा एकैदिन
२०४८ सालको कुरा हो । उनी कक्षा ५ पास भएर पलेटे स्कूलमा पुगेका थिए । तर त्यो दिनसम्म उनले आफू केन्द्र स्तरीय परीक्षामा प्रथम भएको कुरा थाहा पाएका थिएनन् । स्कूलमा गएपछि कक्षामा शिक्षकले उनले कक्षा ५ को केन्द्रस्तरिय परीक्षामा प्रथम विद्यार्थी भनेर चिनाए ।

आफू केन्द्रबाट प्रथम भएको थाहा पाएपछि खुशीले गदगद् भए । ‘केन्द्रको प्रथम विद्यार्थी भनेपछि सबैले मलाइ नै हेरे, म निकै खुशी भएँ’ उनले भने, ‘तर त्यहीदिन सरबाट कुटाइ खाँदा निकै नरमाइलो लाग्यो ।’ पिटाइ खाएको दिन पढाइ नै छोड्नुपर्ने सोचमा थिए ।

पढाउने बेला साथीसँग कुराकानी गरेको र उल्टै प्रश्न सोधेपछि शिक्षकले उनलाई पिटेका थिए । पहिलो पटक पिटाइ खाँदा निकै दुःखी भए । ‘शिक्षकले गालामा चट्काउँदा सारै दुःख लाग्यो’ उनी सम्झन्छन्, ‘एक्लै घर आउने सक्ने भए त त्यही दिनदेखि पढाइ छोड्थेँ ।’

सानै उमेर भएका कारण पलैटेबाट चेपाङ आउन सक्थेनन् । आउजाउ गर्न नसक्ने भएकै कारण उनी पलैटेमा रहेको मितबुवाको घरमा बसेर पढ्थे । पिटाइ खाएको दिन घर फर्किन नसकेकै कारण पढाइलाई निरन्तरता दिएको उनले बताए ।

त्यसपछि शिक्षक भए…
आइएडको पढाइ पूरा गरिसकेका थिए । गाउँमै केही गर्न पाए हुन्थ्यो भनेर सोचिरहेका थिए । संयोग, त्यहीबेला गाउँ नजिकैको सरस्वती प्राथमिक रक्सेनीमा शिक्षक चाहिएको थाहा पाए । विद्यालयमा पुगेर सोधपुछ गरे ।

सोही विद्यालयबाट २०५५ सालदेखि उनी शिक्षण पेशामा लागे । ‘जागिर खाने त थुप्रै ठाउँ थिए, तर मलाई सानैदेखि शिक्षक बन्ने रहर थियो’ उनले भने, ‘गाउँमै बसेर समाजको सेवा गर्न पाइने भएपछि शिक्षण पेशामै भविष्य खोजँे ।’ बालबालिकाको सुन्दर भविष्यका लागि बाटो देखाउनु सबैभन्दा ठूलो सेवा भएको उनको तर्क छ ।

रक्सेनीपछि गाउँकै विद्यालयमा पढाउने मौका पाए । करिव एकबर्ष तत्कालीन स्वरस्वती निम्न माध्यमक विद्यालयमा सट्टा शिक्षकको रुपमा पढाए । २०६५ सालमा सोही विद्यालयमा राहत कोटा आयो । त्यसयता उनी सरस्वतीमै कार्यरत छन् । शैक्षिक प्रणालीमा आएको परिवर्तनसँगै अहिले माध्यमिक तहसम्म पठनपाठन सुरु भएको छ ।

विद्यालयको नेतृत्वसमेत उनकै काँधमा छ । समुदायको सेवा गर्ने उद्देश्यले शिक्षण पेशामा लागेका सन्तुष्ट छन् । तर दरबन्दी अनुसारका शिक्षक नहुँदा अपेक्षा गरे अनुसार शैक्षिक गुणस्तरमा नहुँदा उनी दुःखी छ । शैक्षिक गुणस्तर सुधारमा शिक्षक र अभिभावकसँगै सरकारको सबैभन्दा बढी जिम्मेवारी हुने बुझाइ छ ।

‘आफ्नै ठाउँको सेवा गर्न शिक्षक भएँ’

नेपाली काँग्रेस बाँफिकोटले उम्मेदवार छान्यो

‘आफ्नै ठाउँको सेवा गर्न शिक्षक भएँ’

एकीकृत समाजवादी निकट युवाहरुको रयाली

Leave a comment

Your email address will not be published. Required fields are marked *