एकीकृत समाजवादी निकट युवाहरुको रयाली

सुर्खेत, २८ चैत्र ।
नेकपा एकीकृत समाजवादी (एस) पार्टी निकट युवाहरुको संगठनले सोमबार वीरेन्द्रनगरमा विरोध ¥याली प्रदर्शन गरेको छ । युवा संघ नेपाल जिल्ला कमिटी सुर्खेतको आयोजनामा शक्ति प्रदर्शन गरिएको थियो ।
स्थानीय तहको निर्वाचन लक्षित गरेर मोटरसाइकल रयाली प्रदर्शन गरिएको थियो । मोटरसाइकल रयाली मंगलगढी चोकदेखि वीरेन्द्रनगर उपत्यकाका विभिन्न स्थानमा प्रदर्शन गरिएपछि पिपल चौतारामा पुगेर कोणसभामा परिणत भएको थियो । युवा संघ नेपाल कर्णाली प्रदेश कमिटी उपाध्यक्ष धु्रव थापाको नेतृत्वमा रयाली निकालिएको थियो ।









