नेपाली काँग्रेस बाँफिकोटले उम्मेदवार छान्यो

प्रचण्ड खत्री
रुकुम पश्चिम, २८ चैत्र ।
नेपाली कांग्रेस बाँफिकोट गाउँपालिका रुकुम पश्चिमले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार चयन गरेको छ । छिनखेतमा बसेको पार्टीको बैठकले गाउँपालिका अध्यक्ष र उपाध्यक्षका लागि सर्वसम्मत उम्मेदवार चयन गरेको छ ।

बैठकले अध्यक्षमा जनक कुमार बाँठा मगर र उपाध्यक्षमा नन्दा केसी नाथलाई चयन गरेको हो । बाँठा पार्टीको पालिकाको सभापति हुनुहुन्छ भने केसी नेपाल महिला संघको पालिका सभापति हुनुहुन्छ ।

बाँठा २०७४ सालको स्थानीय तहमा पनि कांग्रेसका तर्फबाट उम्मेदवार हुनुहुन्थ्यो । उहाँ माओवादी केन्द्रका धर्मबहादुर केसीसँग पराजित हुनु भएको थियो । २०७४ सालमा कांग्रेस–एमाले गठबन्धन गरेर निर्वाचनमा गएका थिए ।

नेपाली काँग्रेस बाँफिकोटले उम्मेदवार छान्यो

सुर्खेत उद्योग वाणिज्य संघमा कँडेल र खड्काको

नेपाली काँग्रेस बाँफिकोटले उम्मेदवार छान्यो

‘आफ्नै ठाउँको सेवा गर्न शिक्षक भएँ’

Leave a comment

Your email address will not be published. Required fields are marked *