देशभर चिसो बढ्यो, केही दिनदेखि तराईमा हुस्सु र कुहिरो

काठमाडौं,२४  मंसिर ।

काठमाडौं उपत्यकासहित देशभरको मौसम चिसिदै गएको छ। आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम ६.५ डिग्री मापन गरिएको छ। यस्तै अधिकतम तापक्रम १९ डिग्रीको अनुमान गरिएको छ।

मौसमविदका अनुसार अब देशभर चिसो बढ्दै जानेछ। मौसमविद हिरा भट्टराईका अनुसार तापक्रम घट्ने क्रममा छ। अब चिसो क्रमशः बढ्दै जान्छ। पछिल्लो केही दिन यता न्यूनतम् तापक्रम क्रमशः घटिरहेको छ।

हाल पश्चिम तराई, मध्य तराई र पूर्वी तराईका केही क्षेत्रमा हुस्सु लागेको छ। तर, मध्यान्हपछि क्रमिक रूपमा सुधार हुँदै जाने महाशाखाले जनाएको ।

तराईका जिल्लामा लागेको हुस्सु अब बिस्तारै पहाडी जिल्लामा बढ्दै जानेछ। मौसम दुई तरिकाले चिसो हुन्छ। एउटा अधिकतम तापक्रम घटेर र अर्को न्यूनतम तापक्रम घटेर। डम्म बादल लाग्यो भने बादलले ब्ल्यांकेटको काम गर्छ र अधिकतम तापक्रम घट्छ।

बादल लागेन भने न्यूनतम तापक्रम घट्छ र चिसो हुन्छ। अहिले चिसो भएको न्यूनतम तापक्रम घटेर हो। यस्तै यतिबेला रात लामो हुने भएको र सूर्यको प्रकाश पनि कडा नहुने भएकाले चिसो बढ्छ। दिनभर घाम लागे पनि बिहान र बेलुका जाडो बढेको महसुस हुन थालेको उनले बताए।

हाल सबैभन्दा कम तापक्रम जोमसोममा माइनस ४.५, जुम्लामा माइनस ३, र जिरिमा १.५ रहेको छ। पानी प¥यो भने पनि जाडो बढ्छ। तर अहिले तत्काल पानी पर्ने कुनै सम्भावना नरहेको मौसमविद भट्टराईले बताए। केही दिनदेखि तराईमा हुस्सु र कुहिरो लाग्न थालेको छ। तराईसहित अरु क्षेत्रमा तापक्रम क्रमिक रूपमा घट्दो छ ।

तराईमा तीन÷चार दिनदेखि बिहान हुस्सु र कुहिरो लाग्ने गरेको हो । हुस्सु र कुहिरो लागेको बेलामा दुर्घटनाको जोखिम हुने भएकाले गाडी चलाउँदा ख्याल गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ । कुहिरो तथा हुस्सु लागेका बेला ती क्षेत्रमा सामान्य गतिमा र बत्तीको प्रयोग गरी गाडी चलाउन ट्राफिक प्रहरीको आग्रह छ ।

आज प्रदेश एक, गण्डकी र कर्णालीका केही पहाडी क्षेत्रमा मौसम आंशिक बदली हुने अनुमान छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश एक, गण्डकी र कर्णालीका पहाडी केही क्षेत्रबाहेक अरु ठाउँको मौसम समान्यतया सफा नै छ । महाशाखाले चिसोबाट जोगिन आवश्यक तयारी र सावधानी अपनाउन पनि अनुरोध गरेको छ ।

सेताेपाटी 

देशभर चिसो बढ्यो, केही दिनदेखि तराईमा हुस्सु र कुहिरो

कर्णालीका इञ्जिनियर दलवीरको दर्दनाक कथा

देशभर चिसो बढ्यो, केही दिनदेखि तराईमा हुस्सु र कुहिरो

लाप्कोमा गुड्छन् गाडी

Leave a comment

Your email address will not be published. Required fields are marked *