दैलेखका दुइटै निर्वाचन क्षेत्रमा छत्तीस जनाको उम्मेदवारी

अमर सुनार
दैलेख, २४ असोज ।
दुइ वटा निर्वाचन क्षेत्र रहेको दैलेखमा ३६ जना उम्मेदवारहरुले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका निर्वाचन अधिकृतहरुका छुट्टछुट्टै कार्यालयहरुले जानकारी दिएका छन् ।

मुख्य निर्वाचन अधिकृत बलराम लम्सालका अनुसार निर्वाचन क्षेत्र नं. १ का नौ र क्षेत्र नं. २ मा चाहिँ पाँच समेत १४ जनाले प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन क्षेत्र नंं. १ को प्रदेशसभा क्षेत्रका लागि ‘क’ र प्रदेश ‘ख’मा पाँच–पाँच गरी १० जनाको उम्मेदवारी परेको छ । निर्वाचन क्षेत्र नं. २ का निर्वाचन अधिकृत सरोजनिधि वाग्लेका अनुसार निर्वाचन क्षेत्र नंं. २ को प्रदेशसभा ‘क’मा सात र प्रदेश ‘ख’मा चाहिँ पाँच समेत १२ जनाको उम्मेदवारी परेको छ ।

दैलेख क्षेत्र नं. १ मा राप्रपाकी महामन्त्री कुन्तीकुमारी शाही, नेकपा एमालेका जिल्ला अध्यक्ष रबीन्द्रराज शर्मा, सत्ता पक्षीय गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका कर्णाली प्रदेश अध्यक्ष अम्मरबहादुर थापा लगायतका ९ जनाको उम्मेदवारी छ ।

यो क्षेत्रमा एमालेका असन्तुष्ट नेता गोपाल नेपाली, काँग्रेस समर्थक निरकबहादुर थापा र राजनीति झुकाव कतै नदेखाएका गणेशबहादुर शाही समेत तीन जनाले स्वतन्त्र उम्मेदवारी, नेककिपाका प्रकाश गुरुङ्ग, राष्ट्रिय स्वतन्त्र पार्टीका इन्द्रप्रसाद शर्मा र नेपाली काँग्रेस (बीपी)का भूपाल थापाले दलीय प्रतिनिधित्व गर्दै चुनाव लड्दै हुनुहुन्छ ।

त्यस्तै दैलेख निर्वाचन क्षेत्र नंं. २ मा प्रतिनिधिसभा सदस्य पदका लागि एमालेका पोलिटव्यूरो सदस्य लक्ष्मीप्रसाद पोखरेल र सत्ता पक्षीय गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि दिक्पाल शाहीको उम्मेदवारी परेको छ ।

नेपाल मजदुर किसान पार्टीबाट केशेन्द्रप्रकाश कार्की, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लोकेन्द्रराज गिरी र राष्ट्रिय स्वतन्त्र पार्टीका बखतबहादुर भण्डारीको उम्मेदवारी परेको छ । प्रदेशसभा सदस्यका लागि निर्वाचन क्षेत्र नंं. १ को प्रदेश ‘क’मा नेमकिपाका जगत ओली, नेकाका पूर्णबहादुर खत्री, राप्रपाका हृदयराज शाही, एमालेका धर्मराज रेग्मी र स्वतन्त्र उम्मेदवार चित्रबहादुर खत्रीले उम्मेदवारी दिनुभएको छ ।

यसैगरी प्रदेश ‘ख’मा नेमकिपाका लक्ष्मीकुमारी सिंह, नेकाका कृष्णकुमार बीसी, राप्रपाका रणबहादुर सिंह, एमालेका प्रेमबहादुर थापा र स्वतन्त्र उम्मेदवार टेकबहादुर खाणले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

त्यसैगरी निर्वाचन क्षेत्र नंं. २ को प्रदेश ‘क’मा नेपाली काँग्रेसका घनश्याम भण्डारी, नेकपा एमालेबाट तिलकप्रसाद रिजाल, नेपाल मजदुर किसान पार्टीबाट मदनकुमार भण्डारी, राप्रपाका यज्ञबहादुर थापा, हाम्रो नेपाली पार्टीबाट प्रेमबहादुर भण्डारी, स्वतन्त्र दुई जना उम्मेदवारहरु चक्रलाल सुनार र पुरुषोत्तम रिजालले उम्मेदवारी दिनुभएको छ ।

निर्वाचन क्षेत्र नंं. २ को प्रदेश ‘ख’मा नेकपा एमालेबाट बिनोदकुमार शाह, नेपाल मजदुर किसान पार्टीबाट जयबहादुर थापा, नेकपा माओवादीबाट योगेन्द्रबहादुर शाही, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ज्ञानेन्द्रबहादुर शाही, स्वतन्त्र उम्मेदवार राजेशकुमार शाहीको मनोनयन दर्ता भएको छ ।

बागी र दल फेरबदल
एमाले नेता गोपाल नेपालीले दैलेख–१ मा प्रतिनिधिसभा र एकीकृत समाजवादीका नेता टेकबहादुर खाणले दैलेख–१ को प्रदेशसभा ‘ख’मा आफ्नै दलसंगको असन्तुष्टी प्रतिसोधका लागि उम्मेदवारी दिनुभएको छ ।

उता एमालेले आफूलाई टिकट नदिएपछि योगेन्द्र शाहीले दैलेख–१ को प्रदेशसभा ‘ख’मा नेकपा माओवादी केन्द्रबाट उम्मेदवार दर्ता गराउनुभएको छ । माओवादी केन्द्रका कार्यकर्ताहरुले आगन्तुकलाई यति ठूलो अवसर दिएको भन्दै सामाजिक सञ्जालमा पार्टी नेतृत्वको आलोचना गरेका छन् ।

वर्षाको व्यवधान र फरक दृष्य
लगातार छैटौं दिनको वर्षाको कारण मनोनयन दर्ता गराउन आउने राजनीतिक दलका उम्मेदवार र स्तन्त्र उम्मेदवारी दिनेहरु पानीमा छाता ओडेर पनि भिझ्दै गन्तव्य स्थानसम्म पुगेका थिए । यो पटक उम्मेदवारी दर्ता गर्न आउँदा बाजागाजा र जुलुस लिन रोक लगाइएको कारण निर्वाचन दर्ता गराउने ठाउँमा भीडभाड कम देखिएको नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष यज्ञराज थापाले बताउनुभयो ।

एमालेको टोली जमराको माला लगाई उम्मेदवारी दर्ता गराउन आएको देखेर उम्मेदवारी दर्ता स्थल दैलेख जिल्ला अदालतमा उपस्थिति सुरक्षाकर्मी, कर्मचारी र अरु दलका कार्यकर्ताको समेत ध्यान खिचेको थियो ।

व्यवधानका वीच पनि उम्मेदवारी दर्ता सफलता
लगातारको वर्षाले ठाउँठाउँमा पहिरोले सडक अवरोध पु¥याएको अवस्थामा स्थानीय प्रशासन र पालिकाहरुले बाटो खुलाउदै यात्रुहरुलाई क्षणिक रुपमा भए पनि गन्तव्यमा पु¥याउन मद्दत गरेकोले उम्मेदवारहरुले मनोनयन दर्ता गराउन पाएका दैलेखका पत्रकार विशाल सुनारको भनाई छ ।

जेनतेन गरी सडक खुलायो लगातारको वर्षाले फेरि वर्षात पहिरो आइरहने समस्याको बावजुध पनि प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख आफै स्थलगत रुपमा खटेर क्षणिक रुपमा भए पनि सडक खुलाउने प्रयास नगरे निर्वाचनमा भाग लिन मनोनयन दर्ता गर्न सबैले पाइसक्थेनन् पत्रकार सुनारले सुनाउनुभयो ।

‘राजधानीबाट फर्किँदाको उम्मेदवार, गाउँबाट सदरमुकाम आउने सर्वसाधारण समेतलाई सहज बनाउन नसके उम्मेदवारी दर्ता गराउने दिनमा काम प्रभावित नहोस् भनेर पहिरो हटाउन हामी आफै कुँद्यौं, आज उम्मेदवारी दिनलाई केही सहज बन्यो’ दैलेखका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले भन्नुभयो ।

दैलेखका दुइटै निर्वाचन क्षेत्रमा छत्तीस जनाको उम्मेदवारी

विद्युत अवरुद्धले निर्वाचनका कामकाजमा समस्या

दैलेखका दुइटै निर्वाचन क्षेत्रमा छत्तीस जनाको उम्मेदवारी

सल्यानको देवस्थलमा हुलाक दिवस मनाइयो

Leave a comment

Your email address will not be published. Required fields are marked *