सल्यानको देवस्थलमा हुलाक दिवस मनाइयो

दुर्गा विसि
सल्यान,२४ असोज
सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको वडा नं १ देवस्थलमा रहेको अतिरिक्त हुलाक देवस्थलको कार्यालयमा १४८औं हुलाक दिवस मनाएको छ ।
नगरपालिकाका विभिन्न वडाका हुलाक कार्यालयहरुबाट कर्मचारीहरुको उपस्थिति रहेको छ । हुलाक दिवसको अवसरमा सबैलाई वर्षाका कारण सहभागी वनाउन नसके पनि सबै कर्मचारीहरुको भने उपस्थिति रहेको थियोे ।

कर्मचारीहरुविचमा हुलाक दिवस मनाएको अतिरिक्त हुलाक कार्यालय देवस्थलकि कर्मचारी पुष्पा विसिले जानकारी दिइन ।कार्यक्रम वडा अध्यक्ष थुम विसि र हुलाकका कर्मचारीहरुको सहभागीता रहेको थियोे ।






