विश्वकप फुटबल :  क्वार्टरफाइनलको पहिलो खेलमा आज ब्राजिल र क्रोएसियाबीच प्रतिस्पर्धा

काठमाडौं,२३ मंसिर ।

विश्वकप फुटबलको पहिलो क्वाटरफाइनल खेलअन्तर्गत आज ब्राजिल र क्रोएसियाबीच प्रतिस्पर्धा हुने भएको छ । खेल नेपाली समयअनुसार राति पौने ९ बजे सुरु हुनेछ ।

एजुकेसन सिटी स्टेडियममा हुने खेलमा आज दुवै टोली जित निकाल्दै सेमिफाइनल पुग्ने योजनामा रहनेछन् । ब्राजिलले राउण्ड अफ १६ मा दक्षिण कोरियालाई हराएको थियो । साविक उपविजेता क्रोएसियाले जापानलाई हराएको थियो ।

 यस्तै दोस्रो क्वाटरफाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ । लुसाइल स्टेडियममा हुने अर्जेन्टिना र नेदरल्यान्ड्सबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ । अर्जेन्टिना र नेदरल्यान्ड्स पनि जित निकाल्दै अन्तिम चारमा पुग्ने योजनाका रहेका छन् ।

विश्वकप फुटबल :  क्वार्टरफाइनलको पहिलो खेलमा आज ब्राजिल र क्रोएसियाबीच प्रतिस्पर्धा

विभेदमुक्त कर्णालीको प्रतिबद्धता

विश्वकप फुटबल :  क्वार्टरफाइनलको पहिलो खेलमा आज ब्राजिल र क्रोएसियाबीच प्रतिस्पर्धा

जिप दुर्घटनामा चालकको मृत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *