जिप दुर्घटनामा चालकको मृत्यु

बैतडी,२३ मंसिर ।

बैतडीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ उकालीका ३६ वर्षीय चालक तेजबहादुर साउँद रहेका छन् ।

डडेल्धुराको अनारखोलीबाट घर फर्कने क्रममा साउँदले चलाएको से १ ज ८१६ नम्बरको जिप पाटन नगरपालिका–१० डंसेलीमा गए राति दुर्घटनामा परेको हो ।

चालकमात्रै रहेको उक्त जिप सडकबाट अन्दाजी एक सय ५० मिटर तल खसेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।

रातोपाटी

जिप दुर्घटनामा चालकको मृत्यु

विश्वकप फुटबल :  क्वार्टरफाइनलको पहिलो खेलमा आज

जिप दुर्घटनामा चालकको मृत्यु

मेहलकुना अस्पतालको नयाँ भवन निर्माण अधुरै

Leave a comment

Your email address will not be published. Required fields are marked *