मेलम्चीमा बढ्यो पानीको बहाब, अस्थायी पुलमा क्षति

काठमाडौं २६ जेठ ।

सिन्धुपाल्चोकस्थित मेलम्ची नदीमा पानीको बहाब बढेको छ । अविरल वर्षापछि मेलम्चीमा आएको बाढीले ह्युमपाइप राखेर बनाइएको पुलमा क्षति पु¥याएको हो ।

मेलम्ची नगरपालिका वडा नम्बर ११ मा गत वर्ष असार १ गतेको बाढीले पुल बगाएपछि ह्युमपाइप राखेर बाटो बनाइएको थियो । यो अस्थायी संरचना आज बिहान बाढीले क्षति पु¥याएपछि मर्मत गर्न लागिएको छ ।

मेलम्ची नगरपालिकाका मेयर आइतमान तामाङले बाढीले क्षति पु¥याएको संरचना मर्मत गर्न लागिएको बताएका छन् । मेलम्चीको वडा नम्बर ७ र ११ जोड्ने उक्त ह्युमपाइपमा क्षति भएपछि बाटो अवरूद्ध भएको छ ।       स्रोत ः कान्तिपुर

मेलम्चीमा बढ्यो पानीको बहाब, अस्थायी पुलमा क्षति

तयार भयो कर्णाली र सुदूरपश्चिम जोड्ने अर्को

मेलम्चीमा बढ्यो पानीको बहाब, अस्थायी पुलमा क्षति

ओमानमाथि अमेरिकाको फराकिलो जित

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!