ओमानमाथि अमेरिकाको फराकिलो जित

काठमाडौं २६ जेठ ।

आइसीसी विश्वकप क्रिकेट लिग टु मा अमेरिकाले ओमानमाथि १ सय १४ रनको फराकिलो जित निकालेको छ । अमेरिकालेले दिएको ३२४ रनको बिशाल लक्ष्य पछ्याएको ओमान ४३.३ ओभरमा अलआउट हुँदै २०९ रनमा समेटियो ।

ओमानका लागि आयान खान र सोयब खानले समान ५९–५९ रन बनाउँदा, कश्यप प्रजापती २८, मोहम्मद नदिमले १७ , खवार अलीले १४ र जितेन्दर सिंहले १२ रन बनाए । बाँकी खेलाडी सस्तैमा आउट भए ।

ओमानलाई कम स्कोरमा रोक्न अमेरिकाका अली खानले सर्वाधिक पाँच विकेट लिए। स्टेभेन टेलर र यासिर मोहम्मदले समान दुई–दुई विकेट लिए। यसअघि ह्युस्टनस्थित मौसा क्रिकेट स्टेडियममा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको अमेरिकाले कप्तान मोनांक पटेल र सुशान्त मोदानीको शतकमा निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय २३ रन बनाएको थियो ।

उसका लागि मोनांकले १ सय १ बलमा ११ चौका र ६ छक्काको मद्दतले १ सय ३० रन बनाए। यस्तै १३३ बल खेलेका सुशान्तले ९ चौकासहित १११ रन बनाए । दोस्रो विकेटका लागि मोनांक र सुशान्तले दुई सय नौं रनको साझेदारी गरेका थिए ।

यस्तै नोस्तुस केन्जीजेले ३४ रन बनाउँदा स्टेभेन टेलरले १६ रन बनाए । आरोन जोन्स मात्र तीन रनमा आउट हुँदा राहुला जारीवाला र सौरभ नेत्राभाल्करले समान ४–४ रन बनाए ओमानका लागि खावर अलिले ३ तथा बिलाल खानले २ विकेट लिए ।

यो जितसँगै अमेरिकाले जारी लिगमा २१ खेलबाट १० औं जित निकाल्दै २० अंक जोडेको छ। शीर्ष स्थानमा रहेको ओमानले ३३ खेलबाट ४० अंक जोडेको छ ।
स्रोत ः सेतोपाटी

ओमानमाथि अमेरिकाको फराकिलो जित

मेलम्चीमा बढ्यो पानीको बहाब, अस्थायी पुलमा क्षति

ओमानमाथि अमेरिकाको फराकिलो जित

छ महिनामा २५ अर्बको बिजुली भारतलाई बेच्ने

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!