तयार भयो कर्णाली र सुदूरपश्चिम जोड्ने अर्को पक्की पुल

सुर्खेत २६ जेठ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशलाई जोड्ने दोस्रो पक्की पुल सञ्चालनको तयारीमा छ । सुर्खेतको चौकुने गाउँपालिका–१० र कैलालीको मोहन्याल गाउँपालिका–६ लाई जोड्नेगरी निर्माण थालिएको सडक पुलको काम अन्तिम चरणमा पुगेको छ ।

निर्माणको काम १५ प्रतिशत बाँकी रहे पनि सवारीसाधन भने उक्त पुलमा सञ्चालन गर्न सकिने निर्माण कम्पनी अनक कन्स्ट्रक्सनका प्रतिनिधि धर्म खनालले बताए । ५५० मिटर लामो उक्त पुलको निर्माण कार्य दशैंसम्म पूरा हुने उनले जानकारी दिए ।

अनक कन्स्ट्रक्सनले नै बनाइरहेको पञ्चपुरी नगरपालिका र मोहन्याल गाउँपालिका जोड्ने कुहिने पुल पनि केही समयमा सञ्चालनमा आउने तयारीमा छ । कुहिने पुल कर्णाली र सुदूरपश्चिम जोड्ने तेस्रो पुल हो।

यो पुलको ९५ प्रतिशत काम सकिएको खनालले बताए । केही वर्ष अघिदेखि दैलेख–अछाम जोड्ने पक्की पुल सञ्चालनमा छ। दैलेखको आठविस नगरपालिका र अछामको विनायक नगरपालिकालाई जोड्ने गरी मध्यपहाडी राजमार्गमा पक्की पुल बनेको थियो।

उक्त पुल कर्णाली र सुदूरपश्चिम प्रदेशलाई जोड्ने पहिलो सडक पुल हो ।  यसअघि कर्णाली चिसापानीमा रहेको कर्णाली पुलले मात्रै सुदूरपश्चिमलाई सडकमार्फत् बाँकी नेपालसँग जोड्दै आएको थियो ।       स्रोत ः सेतोपाटी

तयार भयो कर्णाली र सुदूरपश्चिम जोड्ने अर्को पक्की पुल

शिखर मा बि रामघाटमा नयाँ जनप्रतिनिधि लाई

तयार भयो कर्णाली र सुदूरपश्चिम जोड्ने अर्को पक्की पुल

मेलम्चीमा बढ्यो पानीको बहाब, अस्थायी पुलमा क्षति

Leave a comment

Your email address will not be published. Required fields are marked *