शिखर मा बि रामघाटमा नयाँ जनप्रतिनिधि लाई बधाई तथा सुभकामना

दिलिप ढकाल
सुर्खेत, २६ जेठ ।
भेरिगंगा नगरपालिका वडा नम्बर ११ मा अबस्थित शिखर माध्यमिक विद्यालयमा स्थानिय तहको निर्बाचनमा निर्बाचित भएका जन–प्रतिनिधि लाई बधाई तथा सुभकामना कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम मा भेरिगंगा नगरपालिका का नगर प्रमुख यज्ञ प्रसाद ढकाल नगर उपप्रमुख धनसरा बोहोरा वडा नम्बर ११ र १३ का नब निर्बाचित वडा अध्यक्ष तथा वडा सदस्य हरु लाई टिका तथा खादा लगाएर सम्मान गरिएको थियो।
कार्यक्रम को प्रमुख अतिथि भेरिगंगा नगरपालिका नगर प्रमुख यज्ञ प्रसाद ढकाल,बिशेष अतिथि धनसरा बोहोरा तथा बिद्यालय ब्यबस्थापन समिति का अध्यक्ष चन्द्र भण्डारीको अध्यक्षतामा बधाई तथा सुभकामना कार्यक्रम सम्पन्न भएको हो ।
बिद्यालयका प्रधानाध्यापक जनक बहादुर सिंहले स्वागत मन्तब्य सहित विद्यालयको बिकाश का निम्ति ७ बुदामा आफ्नो माग राख्नु भएको थियो भने कार्यक्रम संचालन बिद्यालयका मा बि ईन्चार्ज दल बहादुर शाहीले गर्नु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि भेरिगंगा नगरपालिका का नगर प्रमुख यज्ञ प्रसाद ढकाल ले बिद्यालय विद्याको मन्दिर भएकाले आफुले सक्दो सहयोग गर्ने बचन बद्दता ब्यक्त गर्नु भएको थियो । साथै कार्यक्रममा भेरिगंगा नगरपालिका वडा नम्बर ११ का निबर्तमान वडा अध्यक्ष तिलकराम डाँगी र वडा नम्बर १३ का निबर्तमान वडा अध्यक्ष टिकाराम सुबेदी लाई सम्मान पत्र प्रदान गरिएको थियो ।








