जिल्ला अस्पताल सल्लेको ईमर्जेन्सी वार्ड बिस्तार

प्रचण्ड खत्री
रुकुम पश्चिम, २५ फागुन ।
रुकुम पश्चिमको जिल्ला अस्पताल सल्लेको ईमर्जेन्सी वार्डको काम बिस्तार गरिएको छ । अस्पतालमा आउने बिरामीलाई मध्यनजर गर्दै वार्ड बिस्तार गरिएको अस्पतालले जनाएको छ ।

वार्ड भित्र कुनै पनि फोन राम्रो सङ्ग काम नगर्ने हुदा आपत परेको बिरामिको लागि ल्यानलाईन फोन सेवा उपलब्ध भएको छ । स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमका ब्यबस्थापक बिष्णु बहादुर बुढाथोकी को पहलमा ल्यानलाईन फोन जडान गरिएको हो ।

फोन उपलब्ध भएपछि बिरामी सहज भएको चौरजहारीबाट उपचार गर्न आउनुभएका बमबहादुर मल्लले बताए । जाडोको समयमा बिरामिलाई सहज तापक्रम मा राख्नाको निम्ति लागि अत्याधुनिक ए.सि जडानले झनै सहज भएको छ जिल्ला अस्पताल सल्लेका ईमर्जेन्सी इन्चार्ज रमेश डाङ्गीले बताए ।

बिस्तारै अति गरिब तथा बिपन्न परिबारका बिरामीका आबश्यकतालाई मध्यनजर गर्दै केही सेवा थप्ने लक्ष रहेको ईमर्जेन्सी ईन्चार्ज डाङ्गीको भनाई छ । जिल्ला अस्पताल रुकुम पश्चिममा बिरामी घुईचो हुने गरेको छ ।

रुकुम पश्चिम जाजरकोटका केही भाग र रोल्पाका केही भाग र रुकुम पूर्बका बिरामी उपचार गर्न आउने गरेका छन् । पश्चिममा उपचार सहज र भरपर्दोका कारण बिरामी आउने गरेको अस्पताल प्रशासनले जनाएको छ । सबै विशेषज्ञ डाक्टरका कारण उपचारमा सहज भएको छ । उपचार राम्रो सहज हुँदा बिरामी बढेको छन् ।

जिल्ला अस्पताल सल्लेको ईमर्जेन्सी वार्ड बिस्तार

पञ्चपुरीका किशोरीलाई आत्मरक्षा तालिम

जिल्ला अस्पताल सल्लेको ईमर्जेन्सी वार्ड बिस्तार

भलिबल प्रतियोगितामा फाईनल खेलमा बिबाद

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!