पञ्चपुरीका किशोरीलाई आत्मरक्षा तालिम

प्रेम सुनार
पञ्चपुरी (सुर्खेत), २५ फागुन ।
११२ औं अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा किशोरीहरुलाई आत्मरक्षा तालिम सिकाईएको छ । सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नं. ६ का किशोरीहरुलाई एक दिने आत्मरक्षा तालिम सञ्चालन गरिएको हो ।
यौन दुव्र्यवहार, हिंसा, आक्रमण भएको अवस्थामा किशोरीहरुले कसरी आत्मरक्षा गर्न सकिन्छ उनीहरुलाई सिप सिकाएर थप सशक्त, सक्षम, आत्मविश्वास बृद्धि गराउने उद्देश्यले तालिमको आयोजना गरिएको हो ।
९५ जना किशोरीहरुको तालिममा सहभागिता रहेको थियो । पञ्चपुरी नगरपालिका ६ नं. वडा कार्यालयको आयोजनामा तालिम सञ्चालन गरिएको थियो ।
उक्त तालिमबाट किशोरको अधिकार संरक्षणका लागी आत्मरक्षाको लागि आमूल भुमिका निभाउने र यस्तो खाले कार्यक्रम सञ्चालनले किशोरहरु हिंसात्मक, बलात्कृत कम हुने अपेक्षा गरिएको वडाध्यक्ष खड्क बहादुर थापाले बनाउनु भएको छ ।
नेपाली काँग्रेस वडा सभापति प्रेम बहादुर बिष्टले बालबालिकाहरु, महिला आमा, दिदीबहिनी लक्षित कार्यक्रम गरी यस्तो खाले कार्यक्रम सहभागी हुन पाउँदा र यस वाडलाई नमुना वडा बनाउने यो पनि एउटा बलियो आधार भएको बताउन्ुभएको छ ।
त्यस्तै नेकपा एमालेका प्रतिनिधि चन्द बहादुर सार्कीले यस वडा हालसम्म बिभिन लक्षित बर्गका सकारात्मक कार्यक्रम गर्दै आएको र वडा सरकारको भूमिका र जिम्मेवारी पनि त्यही भएको बताउनुभयो । वडा अध्यक्ष खड्क बहादुर थापाको अध्यक्षता एवं प्रशिक्षक सोना थापा (गुरु) को विशेष आतिथ्यतामा तालिम सञ्चालन गरिएको थियो ।
उद्घाटन कार्यक्रममा वडा सदस्य संजन बहादुर कार्की, अनिता बिक, वडा सचिव यमुना लम्साल, राजनीतिक दल का नेता नेपाली काँग्रेस वडा सभापति प्रेम बिष्ट, नेकपा एमाले, चन्द्र बहदुर सार्कीको उपस्थितिमा कार्यक्रम सञ्चालन गरिएको छ कार्यक्रम सञ्चालन प्रेम सुनारले गर्नुभएको थियो ।








