मोटरसाईकल दुर्घटनामा एकको मृत्यु

गुर्भाकोट, २५ फागुन ।
सुर्खेतको भेरीगंगा नगरपालिकामा मोटरसाईकल दुर्घटनामा परी एकको मृत्यु भएको छ । मृत्यु हुनेमा गुर्भाकोट नगरपालिका–६ का २७ वर्षीय कृष्णबहादुर विक रहेका छन् ।

प्रहरी चौकी रामघाट सुर्खेतका अनुसार बुधबार बिहान ६ः४५ बजेको समयमा भेरीगंगा नगरपालिका–११ पातलेखोलामा मोटरसाईकल दुर्घटनामा परेको हो ।

दुर्घटनामा पर्ने मोटरसाईकल छिन्चु–जाजारकोट सडक खण्डमा जाजरकोटबाट छिन्चुका लागि छुटेको कर्णाली प्रदेश ०२००१ प ९६०५ रहेको छ ।

उक्त मोटरसाईकल अनियन्त्रित भई खोलामा खस्न जाँदा मोटरसाईकल चालक गुर्भाकोट नगरपालिका–६ का २७ वर्षीय कृष्णबहादुर विक घाइते भएका थिए ।

उनलाई तत्काल उद्धार गरी उपचारको क्रममा मेहेलकुना अस्पतालमा लगिएको र उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाई रहेको छ ।

मोटरसाईकल दुर्घटनामा एकको मृत्यु

पञ्चपुरीका किशोरीलाई आत्मरक्षा तालिम

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!