भलिबल प्रतियोगितामा फाईनल खेलमा बिबाद

बरम बहादुर ऐडि
गमगढी (मुगु), २५ फागुन ।
जिल्ला खेलकुद बिकास समिति मुगुको आयोजनामा नमुना उमाबिको प्राङ्गणमा सुरु भएको भलिबल प्रतियोगितामा दुई समूहको बिबादमा खेल स्थगित भएको छ ।
बुधबार भएको फाईनल खेलमा जिल्ला प्रहरी कार्यालय मुगु र माहाकाली माध्यमिक बिद्यालयको टिम बिच खेल भईरहेको समयमा बिहान ९.४० तिर झडप भएको थियो । फाईनल खेलका लागि भएको प्रतिस्पर्धामा आ–आफ्ना समूहले चर्काे हुटिङ दिँदा एक आपसमा झडपको रुप लिएको थियो ।
सो झडपमा केही स्थानीय घाइते भएको जनाईएको छ । अहिले बिबाद सामान्य भएको र खेल स्थगित गरिएको छ । सो भलिबल प्रतियोगिता–२३ गते बाट सुरु भएको थियो । आयोजक्का अनुसार खेल दुई सेट प्रहरीले र एक सेट बिद्यालयले जिते संगै खेल निकै प्रतिस्पर्धामा चलिरहेको थियो भने दुबै समूहले रमाइलो लिई रहेका थिए ।
त्यस्तै, फाइनलका लागि भएको भलिबल खेलल चौथो सेटको अन्तिममा हुँदै गर्दा आ–आफना समथर्कले चर्को आवज निकालेर हाईहाई गरिरहदा प्रहरीको समूहले स्थानीयले माटो उडाएको निहुँमा स्थानीय माथि हातपात गरेपछि विवाद उत्पन्न भएको जनाइएको छ ।
उक्त सामान्य विवादले चर्को रूप लिएपछि प्रहरी र स्थानियबीच झड्प हुँदा केही स्थानीय सामान्य घाइते भएका उनिहरुको जिल्ला अस्पताल मुगुमा उपचार भइरहको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए । प्रजिअ महतका अनुसार हाल खेल विवादको समस्या समाधान भईसकेको छ भने खेल स्थगीत भएको छ । साथै भलिबल फागुन २३ गतेबाट सुरू भएको थियो ।






