पाँच वर्षमा पनि ठडिएन टावर

मुगु,२२ मंसिर ।

मुगुका अधिकांश ग्रामीण भेकमा फोरजी सेवा विस्तारका लागि अझै टावर विस्तार हुन सकेको छैन। मुगुमा फोरजी विस्तारका लागि पाँच वर्षअघि टावर विस्तारको जिम्मा पाएको निर्माण कम्पनीले समयमा काम सम्पन्न नगर्दा ग्रामीण भेकका सेवाग्राही फोरजी सेवाबाट वञ्चित भएका छन्।

नेपाल टेलिकम मुगुका निमित्त प्रमुख गणेश डीसीले जिल्लाको ग्रामीण बस्तीमा टावर विस्तारको जिम्मा लिएको निर्माण कम्पनीले समयमा काम सम्पन्न गर्न नसक्दा सबैतिर फोरजी सेवा विस्तार हुन नसकेको बताए ।

फोरजी टावर निर्माण गर्नका लागि छायानाथ रारा नगरपालिकाको पिना, थार्प र मुर्माटप, सोरु गाउँपालिकाको कचियाकोट, नाथार्पु, खत्याड गाउँपालिकाको गम्था, श्रीकोट र मुगमकार्मारोङ गाउँपालिकाको चिमात्त, किम्रीलगायतका ठाउँमा फोरजी टावर विस्तारका लागि जलजला फाउन्डेसन कन्स्ट्रक्सन प्रालि र सीसी एसआई प्रालिले फोरजी टावर निर्माणका लागि आर्थिक वर्ष ०७४÷०७५ मै सम्झौता गरेको भए पनि अहिलेसम्म काम सम्पन्न गरेका छैनन्।

निमित्त प्रमुख डीसीले निर्माणाधीन नौवटा टावरमा जलजला फाउन्डेसनले छवटा टावरका निर्माण गर्न सामग्री कार्यस्थलमा ढुवानी गरेको र सीसी एसआईले जिम्मा पाएको तीनवटा टावर निर्माण गरिएको भए पनि सञ्चालनमा नआएको बताए । समयमै टावर निर्माणका लागि निर्माणकर्तालाई ताकेता गरिएको भए पनि बेवास्ता गर्दै आएको उनको भनाइ छ।

जलजलाका फाउन्डेसनका सञ्चालक कमल पौडेलले फोरजी टावर निर्माणका लागि सबै सामग्री ढुवानी भइसकेकाले फोरजी उपकरण खरिद गरेर जडान गर्न सकिने अवस्थामा रहेको दाबी गरे । आफूहरूले फोरजी उपकरण खरिदका लागि टेलिकमसँग रकम माग गरेको भए पनि निकासा नहुँदा काम सम्पन्न गर्न नसकिएको उहाँको गुनासो छ। टेलिकमबाट रकम निकासा भएमा माघ महिनाभित्रै टावर सञ्चालनमा आउने उनको भनाइ छ।

यता जलजलाले मुगमकार्मारोङ गाउँपालिकाको चिमात्तमा टावर निर्माणका सामग्री बाटोमै फाल्दा अलपत्र परेको स्थानीय बमबहादुर बुढाले जानकारी दिए । जलजलाले अन्यत्र पनि निर्माण सामग्री अव्यवस्थित रूपमा राखेको उनको भनाइ छ ।

गोरखापत्र

पाँच वर्षमा पनि ठडिएन टावर

टिमुर उत्पादन घट्यो 

पाँच वर्षमा पनि ठडिएन टावर

श्रीमानद्वारा श्रीमतीको बीभत्स हत्या

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!