श्रीमानद्वारा श्रीमतीको बीभत्स हत्या

सुर्खेत, २२ मंसिर ।

सुर्खेतको पञ्चपुरी नगरपालिका–३ तोक्माका अमर बहादुर आलेमगरले पत्नीको बीभत्स हत्या गरेका छन् । हत्यापछि आलेले पत्नीको टाउको प्लास्टिकमा पोको बनाएर हिँडिरहेको स्थानीयले बताएका छन् । भाग्दै गरेको अवस्थामा ३८ वर्षीय अमरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

३० वर्षीया मिना आलेमगरलाई आलेले खुकुरी प्रहार गरी घाँटी काटेर हत्या गरेको प्रहरीले जनाएको छ । टाउको प्लास्टिकको थैलोमा बोकेर भागेको अवस्थामा पलाईटे स्वास्थचौकी नजिकबाट प्रहरीले आलेलाई पक्राउ गरेको हो ।

आरोपीलाई इलाका प्रहरी कार्यालय बाबियाचौरको हिरासतमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

गोरखापत्र

श्रीमानद्वारा श्रीमतीको बीभत्स हत्या

पाँच वर्षमा पनि ठडिएन टावर

श्रीमानद्वारा श्रीमतीको बीभत्स हत्या

अहिले देउवाकै नेतृत्वमा सरकार बन्छ, देश संकटमा

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!