टिमुर उत्पादन घट्यो 

सल्यान, २२ मंसिर ।

टिमुरको बोटमा फुल फुल्ने र दाना लाग्ने समयमा वर्षा हुँदा उत्पादनमा कमी आएको छ । असोजको महिनामा भएको निरन्तर वर्षाका कारण टिमुर उत्पादनमा कमी आएको हो । बनगाड कुपिण्डे नगरपालिका–९ सेरा गाउँबाट मात्र गर्त वर्ष ५० लाख बराबरको टिमुर निकासी भए पनि यस वर्ष १० लाख पुग्न गाह्रो हुने स्थानीय सेतु बुढाले बताए ।

नगदे आम्दानीको मुख्य स्रोत नै बन्द भएपछि दैनिक गुजारा चलाउन समस्या हुने उनको भनाई छ । गत वर्ष २० क्विन्टल टिमुर बिक्री गरेको बताउँदै उनले यस वर्ष २० किलो पुग्न पनि गाह्रो भएको बताए । बारीमा टिमुर नै नफलेपछि यस वर्ष टिप्न नै नगएको अर्का किसान पूर्ण बहादुर बुढाले बताए ।

गत वर्ष १० क्विन्टल बिक्री गरेका बुढाले यस वर्ष निकै कम टिमुर फलेकाले टिमुर टिप्न बारीमै नगएको बताए । टिमुरबाट वार्षिक पाँच देखि ६ लाखसम्म आम्दानी हुँदै आए पनि यस वर्ष भने एक हजार जुटाउन पनि धौ धौ भएको उनले बताए । मसला र आयुर्वेदिक औषधीको रुपमा प्रयोग हुने टिमुर सल्यानको एक महत्त्वपूर्ण नगदे बालीको रुपमा रहेको छ । जिल्लाका सबै पालिकाका टिमुर उत्पादन हुँदै आइरहेको छ ।

टिमुर खेतीबाट मात्र वार्षिक १५ देखि १६ करोड रुपैयाँसम्म सल्यानका किसानहरूले आम्दानी गर्दै आइरहेका छन् । डिभिजन वन कार्यालय सल्यानका अनुसार गत आर्थिक वर्षमा मात्र १७ करोड रुपैयाँभन्दा बढीको टिमुर जिल्लाबाट निकासी भएको थियो ।

टिमुर उत्पादन घट्यो 

सुर्खेत–काठमाडौं न्यूनतम भाडा ७ हजार

टिमुर उत्पादन घट्यो 

पाँच वर्षमा पनि ठडिएन टावर

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!