सुर्खेत–काठमाडौं न्यूनतम भाडा ७ हजार

सुर्खेत,२२ मंसिर ।
बुद्ध एयरले १६ डिसेम्बर ०२२ (१ पुस) देखि काठमाडौं– सुर्खेत एटीआर ७२ जहाजबाट गर्ने उडान भएको छ । अहिले बुद्ध एयरले यस गन्तव्यमा एटिआर ४२ जहाजबाट उडान सेवा सञ्चालन गर्दै आएको छ । यात्रुको माग र सुविधालाई ध्यानमा दिएर एटिआर ७२ जहाजबाट उडान भर्न लागेको कम्पनीले जनाएको छ ।
यस जहाजको उडानबाट यात्रुहरू अधिक लाभान्वित हुने बुध्द एयरको भनाइ छ । उडानका विषयमा वुधबार एक विज्ञप्ती जारी गर्दै बुद्ध एयरले सुर्खेत–काठमाडौं गन्तव्यमा न्यूनतम भाडादर सात हजार रुपैया रहने जनाएको छ । यसका साथै माग अनुसार दैनिक दुई वडा उडान समेत हुने कम्पनीको भनाई छ ।






