कनकासुन्दरीमा सात जनाको मृत्यु, आमा–छोरा बेपत्ता

जुम्ला, २२ असोज ।

जुम्लामा पहिरोमा परी सात जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार जिल्लाको कनकासुन्दरी गाउँपालिका –५ बारकोटेबाडामा स्थानीय गणेश शाहीको घर पहिरोले भत्किँदा ७ जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी धर्मराज जोशीका अनुसार मृत्यु हुनेमा घरमूली ५५ वर्षीय गणेश शाही, २२ वर्षीय छोरा रमेश शाही, रमेश शाहीका २२ वर्षीया श्रीमती पानसरा शाही, रमेश शाहीका ८ वर्षका छोरा अनमल शाही, छोरी मिलन शाही, छिमेकी सुरेन्द्र हमाल र २५ वर्षीया विद्या शाहीको मृत्यु भएको छ ।

घटनामा परी स्थानीय सरस्वती हमाल, रामबहादुर हमाल गम्भीर घाइते भएका छन् । घटनास्थलमा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक नरेन्द्र चन्दसहितको टोली उद्धारका लागि पुगेको प्रशासनले जनाएको छ ।

आमा छोरा बेपत्ता

जिल्ला प्रहरी कार्यालयका अनुसार बाढी र पहिरोले हिमा गाउँपालिकामा आमा छोरा बगेर वेपत्ता भएका छन् । हिमा गाउँपालिका –३ जोगिवाडामा बाढी आउँदा स्थानीय २५ वर्षीया सत्यदेवी योगी र उहाँका ३ वर्षीय छोरा विनम योगी बगेर बेपत्ता भएका छन् । उनिँहरुको खोजी भइरहेको छ ।

गोरखापत्र

पहिरोले पुरिएर सल्यानमा बालकको मृत्यु

कनकासुन्दरीमा सात जनाको मृत्यु, आमा–छोरा बेपत्ता

राष्ट्रपति विद्यादेवी भण्डारी अस्पताल भर्ना

Leave a comment

Your email address will not be published. Required fields are marked *