पहिरोले पुरिएर सल्यानमा बालकको मृत्यु

सल्यान,२२ असोज ।

लगातार पाँच दिनसम्म परेको अविरल वर्षाका कारण आएको पहिरोले पुरिएर सल्यानमा एक बालकको मृत्यु भएको छ । शारदा नगरपालिका ८ मार्केस्थित दलबहादुर विकका १३ वर्षीय छोरा अजय विकको मृत्यु भएको हो ।

शनिबार बिहान घर नजिकैको सडकमाथिबाट आएको पहिरोले बालक विक पुरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक दामोदर केसीले बताए । बालकको घटनास्थलमै मृत्यु भएको उनले जानकारी दिए । उनका अनुसार पहिरोले पुरिएका बालकको शव प्रहरी र नेपाली सेनाको टोलीले निकालेका थिए ।

पहिरोले पुरिएर मृत्यु भएका बालकलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको उनले बताए । अविरल वर्षाका कारण जिल्लाका अधिकांश स्थानमा पहिरो गैरहेकाले घरबाट बाहिर निस्किँदा उच्च सतर्कता अपनाउन उनले जिल्लावासीलाई आग्रह गरेका छन् ।

कान्तिपुर

पहिरोले पुरिएर सल्यानमा बालकको मृत्यु

यी हुन् एकीकृत समाजवादीका १९ उम्मेदवार

पहिरोले पुरिएर सल्यानमा बालकको मृत्यु

कनकासुन्दरीमा सात जनाको मृत्यु, आमा–छोरा बेपत्ता

Leave a comment

Your email address will not be published. Required fields are marked *