यी हुन् एकीकृत समाजवादीका १९ उम्मेदवार

काठमाडौ,२२ असोज ,
प्रतिनिधिसभा निर्वाचनमा १९ निर्वाचन क्षेत्र पाएको एकिकृत समाजवादीले उम्मेदवारको टुंगो लगाएको छ । समाजवादीले निवर्तमान प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित भएका सबैलाई उम्मदेवार बनाएको छ। यी सबैलाई उम्मेदवार बनाउन विगतमा सहमति भएको थियो ।
‘विगतको सहमतिअनुसार प्रत्यक्ष निर्वाचित सबैलाई टिकट दिइएको छ। उम्मेदवारको टुंगो पनि लगभग लगाएको छ,’ उपमहासचिव जगन्नाथ खतिवडाले भने ।

समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल रौतहट– १, नेता झलनाथ खनाल इलाम– १, उपमहासचिव जगन्नाथ खतिवडा उदयपुर क्षेत्र नम्बर २ बाट उठ्ने भएका छन्। यस्तै सचिव रामकुमारी झाँक्री गुल्मी–२ बाट उठ्नेछिन्।
एकीकृत समाजवादीका उम्मेदवारको सूची यस प्रकार छः
१. इलाम क्षेत्र न. १ – झलनाथ खनाल
२. उदयपुर क्षेत्र न. २ – जगन्नाथ खतिवडा
३. रौतहट क्षेत्र न. १ – माधवकुमार नेपाल
४. बारा क्षेत्र न. ४ – कृष्णकुमार (किसान) श्रेष्ठ
५. काठमाडौं क्षेत्र न. ८ – जीवनराम श्रेष्ठ
६. ललितपुर क्षेत्र न. २ – कृष्णलाल महर्जन
७. धादिङ क्षेत्र न. १ – राजेन्द्रप्रसाद पाण्डे
८. मकवानपुर क्षेत्र न. २ – विरोध खतिवडा
९. कास्की क्षेत्र न. २ – श्रीनाथ बराल
१०. गुल्मी क्षेत्र न. २ – रामकुमारी झाँक्री
११. पाल्पा क्षेत्र न. २ – सोमप्रसाद पाण्डे
१२. रुपन्देही क्षेत्र न. २ – राजु गुरुङ
१३. दाङ क्षेत्र न. १ – मेटमणि चौधरी
१४. सल्यान – प्रकाश बुढाथोकी (ज्वाला)
१५. डोल्पा – धनबहादुर बुढा मगर
१६. दैलेख क्षेत्र न. १ – अम्बरबहादुर थापा
१७. अछाम क्षेत्र न. १ – शेरबहादुर कुवँर
१८. बझाङ – भानुभक्त जोशी
१९. डोटी – प्रेमबहादुर आले
सेतोपाटी





