जनज्योति माबि झिङ्गनीको १२ कोठे भवन शिलान्यास

दिलिप ढकाल
गुर्भाकोट, २५ जेष्ठ ।
एक पालिकामा एक नमुना बिद्यालय बनाउने नेपाल सरकारको निर्णय अनुसार भेरीगंगा नगरपालिका वडा नं. ६ स्थित जनज्योति मावि झिगनी मा १२ कोठे भवनको शिलान्यास गरिएको छ ।
आर्थिक बर्ष २०७६/०७७ को बजेटबाट एक पालिकामा एक नमुना बिद्यालय निर्माण गर्ने नीति अनुसार भेरीगङ्गा नगरपालिकाको जनज्योति मावि झिङ्गनी छनौंटमा परेको थियो । कार्यक्रममा प्रधानाध्यापक मान बहादुर वलीले नमुना विद्यालयको विकास र हालसम्म बिद्यालयमा भएको प्रगतिको जानकारी गराका थिए ।
भेरीगंगा नगरपालिकाका नगर प्रमुख यज्ञ प्रसाद ढकालले एक कार्यक्रमकाबीच १२ कोठे पक्की भवनको शिलान्यास गरेका हुन । शिलान्यास कार्यक्रममा बिद्यालयका शिक्षक मान बहादुर बस्यालले स्वागत मन्तब्य राखेका थिए ।
विद्यालय भवनको शिलान्यास समारोहको प्रमुख अतिथि नगर प्रमुख ढकाल, बिशेष अतिथि नगर उप–प्रमुख धनसरा बोहोरा, भेरीगङ्गा नगर पालिका शिक्षा शाखा प्रमुख गजेन्द्र कुमार जिसी, वडा नं. ६ का वडा अध्यक्ष लालसिंह बिसी, वडा नं. ८ का वडा अध्यक्ष पुशे कामी लगायत राजनीतिक दलका प्रतिनिधि, समाजसेवी तथा शिक्षाप्रेमीको सहभागिता रहेको जनज्योति मावि झिङ्गनीका प्रधानाध्यापक मान बहादुर वलीले जानकारी दिए ।
त्यस्तै कार्यक्रमको सभापतित्व विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भुपेन्द्र कुमार रोकायले गरेका थिए । विद्यालयका शिक्षक दयाराम आचार्यले कार्यक्रम सञ्चालन गरेका थिए ।








