जाजरकोटको प्रमुखमा कालीबहादुर खत्री निर्विरोध निर्वाचित

मोहन सिंह
जाजरकोट २५ जेठ ।

जिल्ला समन्वय समिति जाजरकोटको प्रमुखमा कालीबहादुर खत्री निर्विरोध निर्वाचित भएका छन् । नेपाली काँग्रेस बाट उम्मेदवारी दर्ता गराएका खत्रीको एकल उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएका हुन् ।

यस्तै, उपप्रमुखमा नेकपा माओवादी केन्द्रका दलबहादुर सिंह निर्वाचित भएका छन् । बुधबार भएको निर्वाचनमा ११ मत प्राप्त गर्दै सिंह निर्वाचित भएका हुन् ।

उनका प्रतिस्पर्धी नेकपा एमालेका गोरे कार्कीले ३ मत प्राप्त गरेका थिए । जिल्ला समन्वय समितिको निर्वाचनमा जाजरकोटमा काँग्रेस र माओवादी केन्द्रबीच गठबन्धन भएको थियो ।

नवनिर्वाचित जिल्ला समन्वय प्रमुख छेडागाड नगरपालिका ११ बाट खुला सदस्यमा निर्वाचित भएका थिए । उपप्रमुखमा विजयी सिंह बारेकोट गाउँपालिका ४ बाट खुल्ला सदस्यमा निर्वाचित भएका थिए ।

त्यस्तै, काँग्रेसबाट अन्य सदस्यमा खड्कबहादुर बुढा, चित्रप्रसाद शर्मा, जितबहादुुर रोकाय, विन्दु शाही, र पानसा सिंह जिल्ला समन्वय समिति सदस्यमा निर्वाचित भएका छन् । यस्तै, नेकपा माओवादी केन्द्र बाट नन्दकला विक, विनिता विक निर्वाचित भएका छन् ।

 

जाजरकोटको प्रमुखमा कालीबहादुर खत्री निर्विरोध निर्वाचित

जनज्योति माबि झिङ्गनीको १२ कोठे भवन शिलान्यास

जाजरकोटको प्रमुखमा कालीबहादुर खत्री निर्विरोध निर्वाचित

जिसस निर्वाचन : आयोगको निर्णय प्रतिक्षा

Leave a comment

Your email address will not be published. Required fields are marked *