पालिका भवन बनाउन १३ जनाबाट जग्गादान, अध्यक्ष केसीबाट २ कराेड ३४ लाखकाे भवन उद्घाटन

दिलिप ढकाल
गुर्भाकोट (सुर्खेत), २४ फागुन ।
कालीमाटी गाउँपालिकाको सुबिधा सम्पन्न ११ कोठे प्रशासकीय भवनको उद्घाटन गरिएको छ । कालीमाटी गाउँपालिका अध्यक्ष दान बहादुर केसीले रिवन काटेर ११ कोठे सुबिधा सम्पन्न प्रशासकीय भवन उद्धघाटन गर्नु भएको हो ।

गाउँपालिकाकको ११ कोठे भवन निर्माण गर्न कालीमाटी गाउपालिकाका १३ जनाले जग्गा दान दिएका थिए । भने सबै भन्दा बढी नन्दलाल पौडेलले १ रोपनी ८ आना जग्गा दान गर्नुभएको थियो । जग्गादाता सबैलाई गाउपालिका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृत सामूहिक रुपमा सम्मान गरेका थिए ।

स्थानीय नन्दलाल पौडेल १ रोपनी ८ आना, बेत प्रसाद भुसालबाट १३ आना, हिमाल खत्रीबाट ८ आना, उदय बहादुर खत्रीबाट ६ आना, हिम बहादुर खत्रीबाट ६ आना, प्रताप सिं खत्रीबाट ६ आना, पुर्ण बहादुर खत्रीबाट ५ आना, शिव बहादुर खत्रीबाट ५ आना जग्गा सहयोग गरिएको थियो ।

त्यसैगरी निर्मल खत्रीबाट ५ आना, सरोज खत्रीबाट ५ आना, नेत्र लाल खत्री–टिक बहादुर खत्रीबाट २ आना र कमल खत्रीबाट १ आना जग्गा पालिकालाई सहयोग गरिएको थियो ।

उद्घाटन समारोहलाइ सम्बोधन गर्दै पालिका अध्यक्ष केसीले कालीमाटी गाउँपालिका भौगोलिक बिकटता भएको जस्तो गरी राज्यले हेर्ने दृष्टिले फरक भएकाले यस क्षेत्रको बिकास हुन नसकेको बताउनुभयो ।

संघियतासंगै स्थापित भएका स्थानीय तह मध्ये कालीमाटी गाउँपालिका हिजो जस्तो नभएको आज बिकासको मुहार जनताले बिजुली बत्तीको स्वीच अन गरे जस्तै गरी देख्न पाएकोले आफ्नो कार्यकाल सफल भएको धारणा राख्नुभयो । ११ कोठे प्रशासकीय भवन निर्माण कार्य गाल्वा निर्माण कन्ट्रकसनले जिम्मा लिएको भवनको कुल लागत २ करोड ३४ लाख रहेको छ ।

कालीमाटी गाउँपालिका अध्यक्ष दान बहादुर केसी प्रमुख अतिथी रहेको उक्त कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सनसिल्लता वली डिसी तथा प्रमुख प्रशासकीय अधिकृत हरी बहादुर खत्रीको बिषेश उपस्थिती रहेको थियो ।

भवन उद्धघानका बिशिष्ट अथिती सनसिल्लता वली डि सी ले यस कालीमाटी गाउपालिकाबाट प्रदान गरीने सेवा सरल सहज र नागरिकको पहुँचमा पुरयाउन अब सामुदायिक वनको भवन र भाडावाल घरबाट नभइ सुविधा सम्पन्न वडा कार्यालय र पालिकाको प्रशासकीय भवन बाट सेवा प्रवाह गर्ने कार्य नै महत्वपुर्ण कार्य भएको बताउनु भयो ।

भवन उद्घाटनमा समारोहमा नेकपा एमाले सल्यानका अध्यक्ष केसर सिंह बुढा, कालिमाटी गाउँपालिका कार्यपालिका सदस्य दुर्गी राजी, वडा नं. १ का वडा अध्यक्ष रबिलाल बस्नेत, वडा नं २ का वडा अध्यक्ष इन्द्र बहादुर वली, वडा नं ३ का वडा अध्यक्ष बिर बहादुर वली, वडा नं. ३ का पुरुष वडा सदस्य जित बहादुर एरि र भेग बहादुर उपाध्याय, महिला सदस्य दिलमाया खत्रीकाे उपस्थिति रहेकाे थियाे ।

त्यसैगरी एमाले जिल्ला कमिटी सदस्य मित्रलाल सुनार, नेपाली कांग्रेस गाउँपालिका सभापति गणेश केसी, एकिकृत अखिल नेपाल शिक्षण संगठन कालीमाटी गाउँ कमिटी अध्यक्ष बम बहादुर वलीको उपस्थिती रहेको कार्यक्रममा बिभिन्न बाजा गाजासहित प्रशासकीय भबनको उद्घाटन भएको कालिमाटी गाउँपालिका अध्यक्ष दान बहादुर केसीले जानकारी दिनुभयो ।

पालिका भवन बनाउन १३ जनाबाट जग्गादान, अध्यक्ष केसीबाट २ कराेड ३४ लाखकाे भवन उद्घाटन

सल्यान पश्चिममा कांग्रेसको चुनाव लक्षित कार्यक्रम

पालिका भवन बनाउन १३ जनाबाट जग्गादान, अध्यक्ष केसीबाट २ कराेड ३४ लाखकाे भवन उद्घाटन

नारी दिवसमै श्रीमानको चक्कु प्रहारबाट महिला घाइते

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!